d

भारतमा आशालाग्दो सफलता: ओरालो लाग्दैछ संक्रमितको संख्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery
कोभिड नयाँ भेरिएन्टले थलिएको भारतमा ७० दिनपछि कोरोना संक्रमितको संख्या ओरालो लाग्न थालेको छ। 
शनिवारको सरकारी तथ्यांक अनुसार  पछिल्लो २४ घन्टामा  ८४ हजार तीन सय ३२ जना नयाँ संक्रमित थपिएता पनि यो संख्या निरन्तर घट्दो रुपमा देखिएको हो  । 
केन्द्रीय स्वास्थ्य मन्त्रालयले संक्रमितहरूको संख्या घट्दै गएको भन्दै मुलुक सकारात्मक दिसा तर्फ बढेको जनाएको छ।  नयाँ संक्रमितसँगै भारतमा अहिलेसम्म कुल संक्रमित दुई करोड ९३ लाख ५९ हजार एक सय ५५ पुगेको मन्त्रालयले जनाएको छ । 
कुल संक्रमितमध्ये १० लाख ८० हजार ६ सय ९० जना अझै पनि संक्रमित अवस्थामै रहेको अधिकारीहरूको भनाइ छ । पछिल्लो एक दिनमा ४० हजार नौ सय ८१ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पनि मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।
Views: