d

गौरादहका सामुदायिक विद्यालयमा वार्षिक परीक्षाको नतिजा प्रकाशन शुरु, कहिले खुल्लान् बिद्यालय?

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सुजन कट्वाल 
पर्दाफास जेठ ३०, झापा: झापाको गौरादह नगरपालिकाका केही सामुदायिक विद्यालयले वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेका छन्। कोरोना भाइरसको दोस्रो लहर तीब्र रुपमा फैलिएको भौतिक उपस्थितिमा परिक्षा संचालन गर्न नसकेको कारण नगर भित्रका सामुदायिक विद्यालयले वार्षिक परिक्षाको नतिजा प्रकाशन गरेका हुन्। हालसम्ममा नगरभित्रका प्रगति माबी र  केहि विद्यालय आज नतिजा प्रकाशन गरेका छन् भने अरु विद्यालय नतिजाको प्रकाशनमा रहेको पाइएको छ।  
कोरोना त्रास बढे संगै स्थगित भएको वार्षिक परीक्षाको परीक्षाफल धमाधम प्रकाशन गर्न शुरु गरिएको छ।  वार्षिक परिक्षा संचालन हुन नसकेको भए पनि बिद्यालयले यस अगाडी लिएका परीक्षाहरुको आधारमा वार्षिक परिक्षाको नतिजा प्रकाशन गर्न मिल्ने कार्यविधी जारी गरेको थियो।  
 नयाँ शैक्षिकसत्रको सुरुवात आगामी असार बाट हुने शिक्षा मन्त्रालयको भनाइ छ।   शैक्षिकसत्र सुरु गर्ने भानियता पनि भौतिक रुपमा बिद्यालय खोल्न सकिने सम्भावना भने हाल सम्म देखिको छैन।  भर्चुल लगायतका अध्यापन बिधि बाट कक्षा संचालन गर्न सहरी क्षेत्रका बिद्यालयलाइ आंशिक मात्रामा सहज  हुने तर इन्टरनेट पहुँच र अन्य भौतिक असुबिधाको कारण ग्रामिण क्षेत्रका बिद्यालयले वैकल्पिक विधी अवलम्बन गर्न सक्ने सम्भावना नदेखिएको सरोकारवालाहरु बताउछन्।  
Views: