d

यूरोकप: क्रोएसियामाथि इंग्ल्यान्डको १–० को जित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
यूरो कप फुटबलको  १६ औं संस्करण अन्तर्गत आइतबार भएको खेलमा क्रोएसियालाई १–० ले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ  । 
पहिलो हाफ गोलरहित बराबरी खेलेको क्रोएसिया दोस्रो हाफमा पछाडि परेको हो । 
पहिलो हाफमा इंग्ल्यान्डको एउटा शक्तिशाली प्रहार बारमा लागेर फर्किएको थियो । वेम्बली रंगशालामा भएको खेलमा इंग्ल्यान्डको जितका लागि रहिम स्ट्रलिङले निर्णायक गोल गरे । 
खेलको ५७ औं मिनेटमा काल्भिन फिलिप्सको पासमा स्ट्रलिङले निर्णायक गोल गरेका हुन् । 
पहिलो खेलमा विजयी हुँदै इंग्ल्यान्डले तीन अंक जोडेको छ । यो जितसँगै इंग्ल्यान्ड समूह ‘डी’ को शीर्ष स्थानमा छ ।
Views: