d

एक अर्बको लगानीमा  बन्न लागेको अक्सिजन प्लान्ट प्रधानमन्त्री द्वारा उद्घाटन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् ।
शंकर ग्यास उद्योग प्रालिले रुपन्देहीको छिपागढ सेमरहवामा   मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट निर्माण सुरु गरेको हो । 
तस्बिर: दृष्टी दैनिक 
 शिलान्यास कार्यक्रममा ओलीले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रलाई समेत सहभागिता गराउँदै महामारीको यो संकट पार गर्ने बताए ।
उद्योग सञ्चालनमा आएपछि दैनिक ६० टन लिक्विड अक्सिजन र दश टन लिक्विड नाइट्रोजन उत्पादन गर्ने उद्योगका म्यानेजर शम्भु भण्डारीले बताए । यो उद्योग १० महिनामा निर्माण सम्पन्न हुने भण्डारीले बताए । हाल उद्योगले दैनिक ५०० सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्दै आएको बताइएको छ ।
Views: