d

निर्वाचन आयोगले भन्यो, 'जसपाका दुवै पक्षले एक–अर्कालाई गरेको कारबाही कानुनसम्मत देखिएन'

Views:
Responsive Image Gallery
Responsive Image Gallery
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले एक–अर्कालाई गरेको कारबाहीलाई खारेज गरेको छ । जसपाभित्र विवाद बढेपछि दुवै पक्षले एक–अर्कालाई कारबाही गरेको निर्णयसहित विवरण अद्यावधिक गर्न दिएका निवेदनहरूमाथि निर्वाचन आयोगले साबिककै पदाधिकारी कायम रहने फैसला सुनाएको हो ।
तस्बिर: खासोखास 
निर्वाचन आयोगले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले गरेका कारबाहीलाई कानुनसम्मत नदेखिएको बताएको छ । निर्वाचन आयोगले उक्त कारबाहीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न नमिलेको भन्दै राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (६०) बमोजिम सो दलको पदाधिकारीको विवरण साबिककै कायम रहेकोले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने निर्णय गरेको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । नयाँ पत्रिकामा खबर छ।  
Views: