d

कोरोना नियन्त्रणमा सरकारले  प्रभावकारी भूमिका खेल्न नसकेको कांग्रेस नेत्री कोइरालाको आरोप 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो ?’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरीदलाई प्राथमिकता दिनुपर्ने भन्दै जनस्वास्थ्यमा सरकार गम्भीर हुन नसकेको आरोप लगाएकी  हुन् । 

“अनुदानमा ल्याएरमात्र कोरोना खोप सबै जनतासामु पुर्याउने सरकारको चाहना गलत भएको उनको बुझाइ छ।  

 'अनुदानको मात्र भर परेर हुदैन, सरकारले कोरोना भ्याक्सिन खरीदलाई प्राथमिकता दिनुपर्छ”, उनले भनिन् । 

फाउण्डेशनकी केन्द्रीय अध्यक्षसमेत रहेकी नेत्री कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने बताइन् ।

 

तस्बिर: माइरिपब्लिका 

Views: