d

एसइईमा  शिक्षकले ८० अंक भन्दा माथि दिए कारण खुलाउनुपर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।  

बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।  

समितिले मूल्यांकन प्रक्रियाका लागि बोर्डले तोकेको कार्यविधिअनुसार समिति सदस्यहरूको सुझाव र सहमतिसहित क्रियाकलाप गर्नुपर्छ। प्रयोगात्मक विषयका लागि विद्यालयले विद्यार्थीको हाजिरी र प्रस्तुतिलाई २० प्रतिशत, ५५ प्रतिशत त्रैमासिक परीक्षाको मूल्यांकनलाई आधार मानेर नम्बर दिने कार्यविधि बोर्डले तया गरेको छ भने २५ प्रतिशत अंक प्रयोगात्मक परीक्षाको नतिजालाई आधार मानेर मूल्यांकन गरिने कार्यविधि बोर्डले तय गरेको छ। आजको नागरिक दैनिकमा खबर छ।  

Views: