d

रुपन्देही: डिआइभर्सन भासिँदा पुर्व पश्चिम राजमार्ग अवरुद्द 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१ असार, बुटवल । चरंगे खोलामा आएको बाढीका कारण रुपन्देहीको देवदहमा  पूर्वपश्चिम राजमार्गको सडक खण्ड भासिँदा आवागमन अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बुटवल धागो कारखाना र तिलोत्तमा स्थित गणेशनगर फायरलाइन चोकको नजिकै रहेको चरंगे खोलामा बनाइएको डाइभर्सन भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।

 मध्यान्ह साढे १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिनभर खुल्ने सम्भावना नरहेको जनाइएको छ ।

सडक अवरुद्द हुँदा दुवै तर्फको आवागमन ठप्प बनेको छ। 

बुटवल–नारायणगढ सडक विस्तारको क्रममा सो ठाउँको कल्भर्ट पुल भत्काएर चार लेनको पुल बनाउन डाइभर्सन बनाइएको बताइएको छ भनें वर्षा नरोकिएकाले राजमार्ग खुल्ने सम्भावना समेत नदेखिएको बताइन्छ। 


 

Views: