d

 नगरपालिकामा आजपनि बलियो सुरक्षा प्रवन्ध,  शिक्षा शाखा प्रमुखले बुझे चामल सम्बन्धी ज्ञापन पत्र

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सान नेपाल 

पर्दाफास, असार २, झापा:  चार महिना देखि चलेको गौरादह चामल काण्ड निस्तेज हुने सम्भावना टरेको छैन।  राहतको चामलमा अनियमिता भएको हल्ला चल्दै गर्दा चामल कुहिएको तथा  जेठ १० गते नगरपालिका परिसर भित्रै खाडल खनेर पुरेको विषय अझै गम्भीर देखिएको हो।

 

 चामल काण्डकै विषयमा आज बुधवार पनि नगरपालिकामा असामान्य परिस्थिति नै देखिएको छ। आजपनि नगरपालिका परिसरमा युवाहरु पुग्नु अगावै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

 चामल काण्डमा दवाब मुलक कार्यक्रम गर्न ठुलै संख्यामा नगरबासीहरु आउने हल्ला भएकै कारण सुरक्षा व्यवस्था उच्च पारिएको बुझिएको छ।  

 स्थानीय युवाहरुको संगठन 'परिवर्तनका लागि युवा अभियान' ले पुरानै मागहरु दोहोर्याउदै ज्ञापनपत्र मार्फत पुन: ध्यानाकार्षण गराएको छ।

 

ज्ञापनपत्रमा चामल काण्डको बारेमा सर्वपक्षीय छानविन समिति गठन गर्न माग गरिएको छ।  

 चामल कुहाउने दोषीहरु पत्ता लगाएर कानुनी कारवाही गर्न, क्षतिपुर्ती भराउन तथा खाडलमा गाडिएको ३१ सय २१ के जी चामल कुन कानुनी प्रक्रिया पुरा गरि गाडिएको हो उक्त कुराको लिखित रुपमा चित्तबुझ्दो तरिकाले जानकारी गराउन माग गरिएको छ।  


त्यस्तै  चामलको पारदर्शी रुपमा हिसाव सार्वजनिक गर्न,  माग गर्दछौ भनिएको छ।  

 

शिक्षा शाखा प्रमुखलाइ चामल सम्बन्धी ज्ञापन पत्र 

 

ज्ञापनपत्र बुझाउने उद्देश्य लिएर नगरपालिका पुगेका 'परिवर्तनकालागि युवा अभियान' का पदाधिकारीहरु त्यो बेला अलमल्ल परे जव आफ्नो ज्ञापनपत्र बुझ्ने नगरपालिका प्रतिनिधिको अभाव खड्कियो। 

 

 

यद्दपी नगर शिक्षा  शाखा प्रमुख टेकनाथ रेग्मीलाइ ज्ञापनपत्र हस्तान्तरण गराइएको थियो।  

 नगरपालिकामा मेयर, उपमेयर सहितका जनप्रतिनिधिहरु नहुने कारण थियो प्रमुख कार्यकारी अधिकृतलाई कोरोना देखिनु।  एक दिन अगाडी कोरोना पुष्टी भएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र भट्टराई हाल आइ सी यु मा रहेका छन् भने नगरपालिकाले सुचना प्रकाशन  नै निकालेर कन्ट्याक ट्रेसिङ्मा आएकाहरुको रिपोर्ट नआउन्जेल अति आवश्यकीय काम बाहेक कुनै पनि प्रशासनिक कार्य नगराउने जनाएको छ।

 

Open Photo

 

ज्ञापनपत्र बुझ्दै शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मीले चामल काण्ड निराकरण गर्न नगरपालिकाले नीतिगत निर्णय गर्न लागेको र १ / २ दिनमा नगर कार्यपालिकाको निर्णय सार्वजनिक हुने आफुले बुझेको बताएका थिए।  

 

No description available.

 

लामो समय बितिसक्दा र घटनाले राष्ट्रिय रुप लिईसक्दा सम्म नगरपालिकाले भने कमजोरी भएको स्वीकार गर्दै आएको छ ।

  स्पस्ट भाषामा चित्तबुज्दो  लिखित जवाफ  नदिए सम्म र दोषीमाथी कारवाही नभए सम्म आन्दोलन नरोकिने आवद्द संघ सङ्गठन तथा राजिनितीक दलहरुले बताउदै आएका छन्।  

चामल काण्डको बारेमा आफ्नो स्पस्ट तथा खरो रुपमा आफ्नो अडान राख्दै आएको गौरादहको एक मात्र सामाजिक संगठन  'परिवर्तनका लागि युवा अभियान' नै रहेको देखिएको छ भने उनीहरुको अभियानमा साथ् दिदै आएको पार्टी हो राष्ट्रिय प्रजातन्त्र पार्टी।  

चामल काण्डको बारेमा  एक्यबद्दता व्यक्त गर्दै विज्ञप्ती जारी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले गत हप्ता विभिन्न १२ बुदें माग राख्दै ज्ञापन पत्र समेत बुझाएको छ।  

ने क पा माओबादी केन्द्रले समेत चामल काण्डको भर्त्सना गर्दै विज्ञप्ती जारी गरेको छ।  

मेयर र ३ जना वडा अध्यक्ष लगायत नगरपालिकामा राम्रै प्रतिनिधित्व रहेको नेपाली काँग्रेस पार्टीले समेत चामल काण्डमा दोषी सावित भएकाहरुले उन्मुक्ती पाउन नसक्ने उल्लेख गर्दै प्रेश विज्ञप्ती सार्वजनिक गरिसकेको छ।  कार्यपालिकामा स्पस्ट बहुमत रहेको नेकपा एमालेले भनें औपचारिक  रुपमा कुनै प्रतिक्रिया दिएको छैन।  

Views: