d

बाढी पहिरो : इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति गठन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : सिन्धुपाल्चोकमा मेलम्भी र इन्द्रावती नदीमा आएको बाढीपछिको व्यवस्थापनका निम्ति इन्द्रावती मेलम्ची क्षेत्र प्राकृति विपद् व्यवस्थापन मूल मारोह समिति गठन भएको छ। 

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिमा भएको सर्वपक्षीय छलफलपछि पीडितलाई राहत  वितरणका लागिजिसस प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा  ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको हो। 

बाढीबाट विस्थापितहरुलाई तत्काल राहतका लागि सापकोटाको पहलमा उपलब्ध भएका खाद्यान्ह्लगायतका राहत सामग्री बुधबार नवगठित ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ लाई हस्तारन्तरण गरिएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ।  

मंगलबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै सभामुख सापकोटा मेलम्ची  पुगेका हुन्। 

सभामुख सापकोटाले नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका उद्धार, राहत र भए गरेका कामबारे संक्षिप्त जानकारी दिए। 

मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनु पर्ने बताएका छन्। 

पीडितको उद्धार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिएका छन्। 

 सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितको अस्थायी बसोवास एवं पुनर्स्थापनाको काम अघि बढाउन सबैमा अपिल गरेका छन्। अन्नपुर्ण। 

Views: