d

बाढी पहिरो : राहत र उद्दारमा जुट्ने सरकारको तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले तराईमा बाढी र डुबानका घटना बढ्न सक्ने भएकाले सोही रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीलाई बन्दोबस्त मिलाउन निर्देशन दिने र उद्धार, राहतका लागि आवश्यक पर्ने सामग्री जिल्लाजिल्ला पुर्‍याउने निर्णय गरेको छ ।

 तराईका जिल्लामा डुबान र बाढीका घटना बढ्न सक्ने निष्कर्ष निकाल्दै  पछिल्ला दिनमा सिन्धुपाल्चोक, मनाङ, गुल्मी, कास्की, बाजुरालगायतका पहाडी जिल्लामा बाढीपहिरोले क्षति पुर्‍याएको थियो अवस्था बारे छलफल गरिएको बताइएको छ।  


बैठकमा प्रधानमन्त्री ओलीले तत्काल परोपकारी संस्थासहित संयुक्त समन्वयमा पूर्वतयारी, प्रतिकार्य, उद्धार, खोज र
पुनर्स्थापनामा जुट्न निर्देशन दिएका थिए । विपद्सँग जुध्न स्रोतसाधनमा कुनै कमी हुन नदिइने भन्दै ओलीले र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप सक्रिय बनाउन निर्देशन पनि दिए ।

असारको सुरुवातीमै बाढीपहिरोबाट क्षतिग्रस्त निजी घर पुनर्निर्माणका लागि लगत संकलन गरेर प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११औंँ बैठक पनि बुधबार नै बसेको छ । बैठकले  सिन्धुपाल्चोक, मनाङ, गुल्मी, कास्कीलगायत  जिल्लामा बाढीपहिरोबाट क्षतिग्रस्त बनेका घर पुनर्निर्माणको निर्णय गरेको बताइएको छ।  नयाँ पत्रिकाको सहयोगमा। 

 

तस्बिर: राजन काफ्ले

Views: