d

रेविज विरुद्दको खोप अभियानमा नेल्टा, गौरादहका ४३६ घरुपालुवा कुकुरलाइ निशुल्क खोप

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (NELTA) गौरादह नगर समितिको आयोजनामा शुरुभएको  घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप हान्ने अभियान बिहिवार सम्पन्न गरिएको छ ।

 

No description available.घरपालुवा कुकुरलाइ रेविज विरुद्दको खोप लगाउँदै पशु-प्राविधिक

 

संस्थाको प्रदेश १ कार्यसमितिको भौतिक सहयोग तथा गौरादह नगरसमितिको प्राविधिक सहयोग तथा आयोजनामा जेठ ३१ बाट शुरु गरिएको घरपालुवा कुकुरलाई  रेविज विरुद्ध खोप लगाउने अभियान  वडा नं २ मा जम्मा गरिएका घरपालुवा कुकुरलाई खोप लगाउंदै  सम्पन्न गरिएको हो ।

 

No description available.रेविज विरुद्द खोप लगाउन ल्याइएको घरपालुवा बादर

 

वडा नं. १ देखि ९ सम्मका प्रत्येक वडाकार्यालयमा भेला पारिएका घरपालुवा कुकुरलाई  रेविज विरुद्धको निशुल्क खोप हान्ने अभियान संचालन गरिएको संस्थाका गौरादह अध्यक्ष चन्द्र घिमिरेले बताए ।

'कुकुरबाट सर्न सक्ने रेविज रोगलाई नियन्त्रणमा सहयोग पुर्याउन सकियोस् भन्ने उद्देश्यले हामीले यो अभियान सञ्चालन गरेका हौं', नेल्टाका नगर अध्यक्ष चन्द्र घिमिरेले भने । 

 

No description available.वडा न २ का वार्ड अध्यक्ष हेमन्त कार्कीका साथ नेल्टा टिम 


 प्राविधिक तथा भौतिक सहयोग संस्था भित्रै बाट जुटाएर नगरभित्रका ४३६ घरपालुवा कुकुरलाई खोप उपलब्ध गराइएको घिमिरेको भनाइ छ ।

खोप अभियानबाट ४३६ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

नेल्टाले गौरादहमा पहिलो पटक रेविज विरुद्धको खोप कार्यक्रम संचालन गरेको बताइएको छ भने यस प्रकारका सामाजिक कार्यक्रमहरु धेरै स्थानमा संचालन गरिएका  र आगामी दिनमा अझ सशक्त ढंगले सामाजिक गतिविधिमा रहने नेल्टाको उद्देश्य रहेको प्रदेश कोषाध्यक्ष बालकृष्ण दाहाल बताउछन् ।

'नेल्टा सामाजिक भावना भएको संस्था हो, हामी संग भएका प्राबिधिक ज्ञान र सीपको सदुपयोग समुदायले गर्न पाउनुपर्छ भन्ने संस्थाको मान्यता छ, हामी जस्तोसुकै परिस्थितिमा पनि सामाजिक दायित्व निर्वाह गर्न पछि पर्दैनौं।', दाहालले भने ।

गौरादह नगरपालिकाले गत महिना संचालन गरेको कुकुर बन्ध्याकरण कार्यक्रममा समेत संस्थाले  नगरपालिकालाई प्राबिधिक उपलब्ध गराएर सहयोग गरेको दाहालले बताएका छन् ।

गौरादहमा ४ दिन सम्म चलेको खोप अभियानको समापन वडा नं. २ मा खोप क्याम्प संचालन संगै आजै सम्पन्न गरिएको छ ।

नगरभित्र चलाइएको निशुल्क खोप कार्यक्रममा संस्थाका प्रदेश कोषाध्यक्ष बालकृष्ण दाहाल, गौरादह नगर अध्यक्ष  चन्द्र घिमिरे , उपाध्यक्ष  बिपिन भट्टराई तथा  सचिब नगेन्द्र निरौलाले महत्त्वपूर्ण प्राबिधिक सहयोग पुर्याएको  जानकारी  गराइएको थियो ।  
 

Views: