d

कम्युनिस्ट मुलुक उत्तरकोरियामा खाद्यान्न संकट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्  । शीर्ष नेताहरुको बैठकमा नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएको  बीबीसीले जनाएको छ । गएकाे वर्ष आँधीका कारण आएको बाढीले खेतिपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको उनले बताए।

उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका कृषि उपजको मूल्य धेरै बढेको छ । उत्तर कोरियामा एक किलो केरा स्थानीय तीन हजार वनमा बिक्री भइरहेको बीबीसीले जनाएको छ । उत्तर कोरियाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आफ्नो सीमा बन्द गरेको छ ।

Image: the borgen project

सीमा बन्द हुँदा चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्न, मलखाद तथा उर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ । यस्तै परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धले पनि उत्तर कोरिया समस्यामा छ ।

बैठकमा किम जोङले केही समयमै खाद्यान्न अभाव ठूलो समस्याका रुपमा आउने भन्दै मागअनुसारको उत्पादनमा जोड दिने गरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिएको जनाइएको छ । बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धका बारेमा पनि छलफल सुरु भएको बताइएको छ । 

Views: