d

मेचीनगरका किसान बिजय नेपालको प्रश्न: 'बोयर' आतंक कहिले सम्म?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल / बिकास नेपाल 

झापा: मेची नगर १० स्थायी घर भएका बिजय नेपालको नेपाल कृषिफार्म  मेची नगर कै वडा नं. १४ स्थित दुवागडीमा अवस्थित छ । नेपाल कृषिफार्ममा अहिले करिब ८० वटाको हाराहारीमा बाख्रा छन् ।   अस्ट्रेलियन र अफ्रिकन बोयर बाख्रा रहेको उनको कृषि फार्मको हेर्न लायकको पक्ष  भनेको १००% को बोयर बाख्रा नै हुन् ।

 

No description available.

 

उन्नतजातको बोयर बाख्रा अफ्रिका र अस्ट्रेलियाबाट आफैंले मगाएको कृषक नेपाल बताउँछन् ।

'बोयरको बाख्रा भनेर नगरपालिकाले मलाई पनि झुक्क्याउन खोजियो तर बोयरको नाममा संस्थागत ठगी रहेछ भन्ने बेलैमा बुझेपछि ठगिन बाट बचियो।', नेपाल आफ्नो अनुभव सुनाउछन् ।

 

No description available.अस्ट्रेलियन जातको ९०% बोयरको १ वर्षे पाठो 

 

'३०% र ४०% भनेर बिचौलियाहरु नक्कली पाठा बेच्न सकृय छन् , रोगाउदै मर्दै गर्न थालेपछि मात्र ठगिएको थाहा पाइन्छ ।' उनी  किसानलाई सजग रहन आग्रह गर्छन् ।

'म बिदेशमा ट्याक्सी चलाउदथें, आफ्नै देशमा केही गरौ भन्ने लाग्यो, यहाँ त आफ्नै भनिएकाहरु पनि ठगी धन्दामा सकृय रहेछन्, कृषि पेसा सजिलो हुँदै होइन, गर्न नजान्दा र आफ्नो र पराई चिन्न नसक्दा सारा लगानी माटोमा जानेरहेछ ।', कामले काम सिकाउछ भन्ने बुढापाकाको उखान सत्य रहेछ, अहिले मात्र बुझ्दै छु ।

 

No description available.अफ्रिकन बोयरजातको माउ बाख्री 

 

'हिजोआज बोयरको बाख्रा भनेर जथाभावी बाख्रा वितरण गर्ने र महंगो भाउमा किनबेच गर्ने होडबाजी चलेको छ, सक्कली बोयर त स्थानीयतहले  कसैलाई पनि  बाड्न सकेकै छैन ।', पर्दाफास टिम संग कुराकानीको क्रममा नेपालले भने ।

बोयर जातको भनेर स्थानीय तहले वितरण गर्ने बाख्रा बोयर हुनै नसक्ने उनी ठोकुवा गर्छन् ।

सक्कली हो कि नक्कली हो भन्ने कुरा ब्लड  टेस्ट गरेर मात्र थाहा पाइने उनको तर्क छ ।


'बोयर, को बाख्राको नाममा आतंक मच्चाइएको छ, किसानलाई आतंकित पार्न स्थानीय तह नै सक्रिय छन् ।', नेपालको विश्लेषण छ ।

 

 

'यति र उति प्रतिशतको बोयरको बाख्रा भनेर किसानलाई अनुदान दिएको नाटक बन्द गर्न उनि सुझाव दिन्छन्।'

'बाख्रा वितरण गर्नेले बाख्रा संगै ज्ञारेन्टी सर्टिफिकेट दिन किन  चाहदैनन् ?' भन्दै उनी अगाडी सुनाउछन् , 'बिदेशबाट खरिद गरेका पाठाको 'एयर वे' बिल र गुणस्तर प्रमाणपत्र पनि पाइदो रहेछ, नेपालमा गुणस्तर प्रमाणपत्रको ट्रेन्ड नै देखिएन ।'

राज्यले दिएको अनुदानमा ब्रम्हलुट गरिएको भन्दै किसान माथी ज्यादती बढेको उनी बताउछन् ।

अस्ट्रेलियन र अफ्रिकन जातका बोयर बाख्राको सक्कली प्रजाती बिदेश बाटै ल्याएर उत्पादन शुरु गरेको बताउने कृषक नेपालले करिब २ बिघाको हाराहारीमा सुपर नेपियर जातको घाँस लगाएका छन् ।

'बोयरमा मात्र होइन उसले खाने नामुद घाँस  'सुपर नेपियर' मा समेत ठगी मौलाएको छ।', बजारमा धेरै थरी सुपर नेपियरको जातको घाँस पाइने तर असली जात पहिचान गर्न नसक्दा पशु चौपायालाई पौष्टिक तत्व कमी हुने र उत्पादनमा ह्रास आउने उनको तर्क छ ।

आफू संग  सुपर नेपियरको भएको बारे नगरपालिकालाई जानकारी गराएको र खरिद गरिदिन आग्रह गर्दा पनि नगरपालिकाले बेवास्ता गरेको उनको आरोप छ ।

'प्रती आख्ला ५० पैसाले उठाइदिनुस् भनेर नगरपालिकालाई अनुरोध गरें तर उनीहरुले सुनेनन् , बरु २ रुपैयाँ प्रती आख्ला हालेर अन्तै बाट खरिद गरेछन् ', नगरपालिका प्रती आक्रोश व्यक्त गर्दै नेपालले सुनाए ।

 

No description available.नेपाल कृषि फार्ममा २ बिघामा लगाइएको उन्नत जातको सुपर नेपियर घाँस 

 

आफुले जानेको र बुझेको कुरा अरुलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने भावना भएका कृषक नेपालले उन्नत जातको सुपर नेपियर घाँसको बीउ कसैलाई चाहिएमा निशुल्क रूपमा दिन आफू तयार रहेको नेपालले  बताए ।  

Views: