d

विपन्न र मजदुरकालागि अविभावक बन्दै ग्वाल्डुब्बा युवा समूह (तस्बिर सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुजन कट्वाल

झापा:  गौरादह नगरपालिका -  ७ स्थित ग्वालडुब्वा युवा समुहद्वारा कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न सरकारले गरेको निषेधाज्ञामा समस्यामा परेका विपन्न तथा गरिब घर परिवार मध्य ७५ घरपरिवालाई राहत वितरण गरेको छ। 

 

 

No description available.

 

 

 लामो समय देखि निषेधाज्ञाका कारण हातमुख जोड्न धौ धौ परेका असहाय, बिपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण गरिएको हो।  
हालसम्म युवा समूहले गौरादह ९, ८ र ७ मा गरि ७५ घरपरिवारलाई राहत बाडिएको ग्वालडुब्वा युवा समुहका अध्यक्ष भोला चक्रवती बताउछन्।  

 

No description available.

 

 

 'दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको छ , देश विदेशबाट सहयोग गर्ने दाताहरु बाट सहयोग जुटाएर खाद्यान्न वितरण गरिदै छ।', अध्यक्ष चक्रवर्तीले पर्दाफास संग भने।  

 

No description available.

 

प्रत्येक विपन्न घरपरिवारलाई राहत स्वरूप २० केजि चामलको बोरा, १ केजि दाहाल, १ केजि नुन र ०.५ लिटर तेल वितरण गरिएको हो ।

 

No description available.

 

ग्वलडुब्वा युवा समुहका अध्यक्षका अनुसार हालसम्म गौरादह - ७ ग्वालडुब्वा स्थित दुर्गा मन्दिर अगाडि ५० विपन्न घरपरिवार , दुदाली बजारमा २५ विपन्न घरपरिवारलाई राहत वितरण गरिसकेको छ भने आज(असार - ४) गते पुरानो ग्वालडुब्वामा २५ विपन्न घरपरिवारलाई बाड्न लागेको छ।

No description available.

 

 ग्वालडुब्वा युवा समूह  गौरादहमा स्थापनाकाल देखि नै सामाजिक संस्थाको रुपमा लोकप्रियता हाँसिल गर्दै आएको संस्था हो।   यस संस्थाले  प्राकृतिक विपत्तीमा परेकालाई मानविय सहयोग,  लागुऔषध दुर्व्यसनी विरुद्धको जनचेतना मुलुक कार्यक्रम, बजार एरिया दैनिक सरसफाइ कार्यक्रम, बालबालिकालाई शिक्षामा जोड दिन कपि कलम वितरण, वातावरण हराभरा बनाउन वृक्षरोपण कार्यक्रम, ब्लड डोनेसन जस्ता कार्यक्रममा सक्रिय रहँदै आएको छ।  

 

No description available.

 

No description available.

 

 

No description available.

 

No description available.

 

Views: