d

ढुंगा गिटी निकासी गर्दा देशलाई फाइदै फाइदा छ  : मुख्यमन्त्री राई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

५ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ढुंगा गिटी निकासीको नीतिले समृद्धिको यात्रामा बल पुग्ने बताएका छन् । ढुंगा गिटी निकासी गर्ने संघीय सरकारको नीतिको चौतर्फी विरोध भइरहेका बेला मुख्यमन्त्री राईले भने यसको बचाउ गरेका हुन् ।

तस्बिर: नेपाल समाचार पत्र 

ढुङ्गा गिटी निकासी गर्नु उपयुक्त भए पनि चुरे संरक्षणको विषयमा प्रदेश सरकार स्पष्ट रहेको उनको भनाइ छ । ‘हामीसँग धेरै प्राकृतिक स्रोतहरु छन् चुरेबाहेकका ठाउँमा, त्यहाँका सामग्री निकाल्न सकिन्छ,’ संचारकर्मी संग कुरा गर्दै उनले भने, ‘हामीलाई चाहिएको भन्दा बढी सामग्री निकासी गर्न पनि सकिन्छ होला ।’

चुरे संरक्षणमा प्रदेश र केन्द्र सरकार स्पष्ट रहेको भन्दै मुख्यमन्त्री राईले चुरे दोहन गरेर ढुङ्गा गिटी बाहिर निकासी गर्ने सरकारको योजना नरहेको बताए । 

चुरेभन्दा बाहेकका खानीहरुलाई समृद्धिको यात्रामा जोड्नुपर्ने उनले बताए । 

 

हरि अधिकारीले अनलाइन खबरमा समाचार लेख्नुभएको छ ।  

Views: