d

राप्रपा निर्देशन समिति गठन, सांगठनिक र वैचारिक क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास (नामावली सहित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमान्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० सदस्यीय केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको छ । पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धि आधारपत्र बमोजिम अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको हो । 

समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्ने  जनाइएको छ ।

'निर्देशक समिति पार्टीको महत्वपूर्ण अंग हो, यसले पार्टीको बैचारिक कार्यदिशालाई पनि कार्य क्षेत्रको रुपमा लिन्छ, पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा मार्ग निर्देश गर्ने विश्वास लिइएको छ। ', केन्द्रिय नेतृत्वमा रही भर्खरै  निर्देशन समितिमा जिम्मेवारी लिनुभएका लक्ष्मी संग्रौलाले बताए।  

 निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्ने जनाइएको छ।   दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  लोकेन्द्र बहादुर चन्द पदेन सदस्य रहेको बताइएको छ।  यस अघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गर्ने निर्णय गरिएको छ ।

 

No description available.

No description available.

 

Views: