d

गण्डकी प्रदेश: भाग्यमानी जसपा,  दुइ सांसद दुवै जना मन्त्री बन्ने पक्का 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौँ : गण्डकी प्रदेशमा नयाँ सरकारमा  जसपाका दुई सांसद नै मन्त्री बन्ने भएका छन् । गठबन्धनले कुन दलको भागमा कति मन्त्रालय भन्ने टुंगो लगाएको र जसपाका  दुवै  सांसद मन्त्रि बन्ने बताइएको हो। 

 मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले ४÷४ मन्त्रालय पाउने भएका छन् ।

 कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग्रेसबाट थप दुई जना मन्त्री थपिनेछन् । 

सत्ता गठबन्धनको अर्को हिस्सेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी (गुरुङ) मन्त्री बनिसकेकी छन् । माओवादीबाट अब तीन मन्त्री थपिनेछन् । सभामुख नेत्रनाथ अधिकारी सहित १२ जना सांसद माओवादी केन्द्रका छन् । सभामुख अधिकारी र मन्त्रीको सपथ लिएकी अधिकारी बाहेक सबैले मन्त्रीको दाबी गरेका छन् ।

  स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) ले पनि मन्त्रीको सपथ लिइसकेका छन् । गत शनिबार मुख्यमन्त्री पोखरेल्सहित मन्त्रीको सपथ लिएका सबैलाई विना विभागीय मन्त्री बनाइएको थियो ।
 

Views: