d

युरोकप: फ्रान्स र हंगेरी बराबरीमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 युरोकप २०२१ अन्तर्गत गए राती भएको खेलमा फ्रान्स र  हंगेरीले बराबरी अंक बाँडेका छन्। दुवै टिमले  १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन्  । एन्टोइन ग्रिजम्यानको गोलसँगै फ्रान्स युरोकप फुटबलमा हंगेरीसँग हारबाट जोगिएको छ। 

घरेलु मैदान पुस्कास एरेनामा हंगेरीले पहिलो हाफको इन्जुरी टाइममा अग्रता लिएको थियो । 

रोलान्ड सलाईको पासमा अतिला फिओलाले गोल गर्दै अग्रता दिलाएका थिए ।

फ्रान्सले दोस्रो हाफमा बराबरी गोल फर्कायो । गि्रजमनले ६६औं मिनेटमा पेनाल्टी एरियाभित्र प्राप्त बलमा गोल गरे ।

युरोपकप २०२० को पहिलो खेलमा आत्मघाती गोलको मद्दतमा जर्मनीलाई १-० ले पराजित गरेको फ्रान्सले हंगेरीविरुद्ध पनि गोलका अरु अवसर सदुपयोग गर्न सकेन ।

बराबरीपछि ४ अंकसहित फ्रान्स समूह एफको शीर्ष स्थानमा छ । पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएको हंगेरीले १ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

Views: