d

कोपा अमेरिका: अर्जेन्टिनाको उरुग्वेमाथि १–० को जित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ब्रासिलिया । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेमाथि १–० को साँघुरो जित निकालेको  हो ।

ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफको  १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

 खेलको आठौं मिनेटमा कप्तान लियोनेल मेस्सीले १८ यार्ड बक्सबाट गरेको प्रहारलाई उरुग्वेको गोलरक्षक फर्नान्डो मुस्लेराले डाइभ दिँदै बचाए पनि नियन्त्रणमा लिन नसकेको बललाई लोउटारो मार्टिनेजले भेट्न सकेन ।

 रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो ।
 

Views: