d

झापामा राप्रपा: विर्तामोड र अर्जुनधाराका ४ सय ५२ जनालाई खाद्यान्न वितरण (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

श्याम अधिकारी 

झापा: विर्तामोड नगरपालिका वडा न ८ मा विपन्न तथा मजदुर परिवारलाइ राहत वितरण गरिएको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीवाट निर्वाचित जनप्रतिनिधी ८ न.  वडा अध्यक्ष अजय कार्की (जंगे) , पार्टीका वडा समिति अध्यक्ष सन्तोष पाण्डे तथा सहयोगी दाता  डि बी थापा (पुर्व कंडेल) सहित राप्रपा का स्थानिय अगुवा कार्यकर्ताको समन्वय तथा अगुवाइ मा सम्पन्न भएको थियो।  संयुक्त योगदानमा विपन्न मजदुरलाइ राहत सामाग्री वितरण गरिएको हो ।  
  

May be an image of one or more people and people standing

 


लामो समय देखि रोजगारविहिन भइ हातमुख जोड्न धौधौ परेका  विपन्न परिवारलाई लक्षित गरी विर्तामोडमा  ४ सय परिवारलाई खाद्यान्न वितरण गरिएको बताइएको छ।  

  यस्तै  अर्जुनधारा नगर समिति र ट्रेड युनियन महासंघ तथा रा प्र पा युबा संगठनको आयोजनामा अर्जुनधारा - ११ का चिया मजदुर ३० परिवार तथा आसपासका खाद्यान्न संकटमा रहेका थप २२ परिवार  खाद्यान्न वितरण गरिएको छ।  

 

No photo description available.

 

अर्जुनधारामा भएको वितरण समारोहमा राप्रापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझा, राप्रपा सम्बद्द मजदुर सङ्गठन (टुकन) वरिस्ठ केन्द्रिय उपाध्यक्ष  वसन्त रिमाल, टुकन  केन्द्रिय सह-महामन्त्री कुमार वस्नेत, पार्टी नगर समिति अध्यक्ष सुर्य खतिवडा, राष्ट्रिय प्रजातान्त्रिक  युवक संगठन जिल्ला पदाधिकारी महेन्द्र लिंग्देंन  तथा ट्रेड युनियन नेता प्रविन रिमाल सहितको उपस्थिती रहेको जिल्ला अध्यक्ष केशव ओझावाट पर्दाफासलाई जानकारी प्राप्त भएको छ ।   

May be an image of one or more people

May be an image of one or more people, people standing and outdoors

 

No photo description available.

 

 

 

 

Views: