d

दलितलाई  कोठा नदिएको बिरुद्द उजुरी, प्रहरी द्वारा घरबेटी पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

६ असार, काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

तस्बिर: राष्ट्रको खबर 

कोठा खोज्ने क्रममा जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटी विरुद्द  महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

दलित बहेकै कारण घरबेटीले कोटा दिन नमानेको विषयलाई लिएर रुपाले गत हप्ता सामाजिक  संजाल फेसबुक बाटै उक्त कुराको प्रतिबाद गर्दै आफुलाई पिडित बनाउने घरबेटीको जातिय भेदभाव विरुद्द खेद प्रकट गरेकी थिइन्।  अनलाइन खबर .

Views: