d

झापामा 'हिमानी कोष' र 'युथ फर सेवा': आइशोलेशन केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास झापा, असार ७: हिमानी कोषले झापामा राहत तथा स्वास्थ्य सामाग्री वितरण  अभियानलाइ तिब्रता दिएको छ।  कोभिड १९ को संक्रमण नियन्त्रण गर्न स्थानियतह द्वारा संचालित आईशाेलेशन केन्द्रहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको हो।  

पोखरामा केन्द्रीय कार्यालय रही सामाजिक दायित्व निर्वाह गर्दै आएको  सामाजिक संस्था "युथ फर सेवा" ले उपलब्ध गराएकाे स्वास्थ्य सामाग्री, हिमानी काेष झापाकाे संयोजनमा स्वास्थ्य सामाग्री  वितरण गरिएको हो।

 

No description available.

  

सामाजिक अगुवा पुनम राजवंशीको पहलमा हल्दिबारीको कलबलगुरी आइशोलेशन केन्द्र, हल्दिबारी आइशोलेशन केन्द्र, बाह्रदशी गाँउपालिकाद्वारा संचालित भागुडुब्बा काेभिड आईशाेलेशन केन्द्र, कचनकवल गाँउपालिकाद्वारा संचालित बनियानी काेभिड आईशाेलेशन केन्द्रलाइ गत जेठ ३१ र असार ६ मा अक्सिजन सिलिन्डर, सेनिटाइजर, पीपीई, मास्क र ह्याण्ड ग्लोब लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको जनाइएको छ।  

 

No description available.

 

 भद्रपुर नगरपालिकाद्वारा संचालित काेभिड आईशाेलेशन केन्द्र, कलवलगुरीलाई २ थान अक्सिजन सिलिन्डर, सेनिटाइजर, पीपीई, मास्क र ह्याण्ड ग्लोब लगायतका स्वास्थ्य सामाग्री भद्रपुरका नगरप्रमुख जीवन कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ। 

 

No description available.

 

 हल्दिबारी गाँउपालिकाद्वारा संचालित काेभिड आईशाेलेशन केन्द्र, हल्दिबारी-२ लाई १ थान अक्सिजन सिलिन्डर, सेनिटाइजर, पीपीई, मास्क र ह्याण्ड ग्लोब लगायतका स्वास्थ्य सामाग्री हल्दिबारीका गाँउपालिका प्रमुख रविन्द्र लिङ्देन मार्फत हस्तान्तरण गरिएको जनाइएको छ ।  

 

No description available.

 

यसैगरि बाह्रदशी गाँउपालिकाद्वारा संचालित काेभिड आईशाेलेशन केन्द्र, भागुडुब्बा, बाह्रदशीलाई १ थान अक्सिजन सिलिन्डर, सेनिटाइजर, पीपीई, मास्क र ह्याण्ड ग्लोब लगायतका स्वास्थ्य सामाग्री बाह्रदशीका गाँउपालिका प्रमुख खड्ग प्रसाद राजवंशी मार्फत हस्तान्तरण गरिएको बताइएको छ।  

 

No description available.

 

त्यस्तै कचन कवल गाँउपालिकाद्वारा संचालित काेभिड आईशाेलेशन केन्द्र, बनियानी, कचनकवललाई १ थान अक्सिजन सिलिन्डर, सेनिटाइजर, पीपीई, मास्क र ह्याण्ड ग्लोब लगायतका स्वास्थ्य सामाग्री कचन कवल गाँउपालिका प्रमुख कार्यकारी अधिकृत कुमार बस्नेत मार्फत हस्तान्तरण गरिएको सामाजिक अगुवा पुन्यसिल संग्रौलाले बताएका छन्।  युथ फर सेवा परिवारको महत्वपूर्ण भूमिका रहेको स्वास्थ्य सामाग्री वितरण अभियानमा  'युथ फर सेवा' का सचिव छेवाङ्ग कर्मा तामाङ,  'युथ फर सेवा' का अगुवाहरू सन्दीप माझी, कुमार कालिकाेटे, सागर पनेरू लगायतको टिमले  झापामा राहत तथा स्वास्थ्य सामाग्री वितरणलाई  प्रभावकारी भूमिका खेलेको बताइएको छ।  

Views: