d

जनताले राप्रपा खोजिरहेका छन्, पार्टीलाइ गतिसिलता दिन महाधिवेशनमा जुटौं : कमल थापा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनताले राप्रपालाइ खोजि गरिरहेको बताएका छन्।  सामाजिक संजाल फेसबुक मार्फत मुलुकमा चुनाव नजिकिएकाले महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका हुन् । 

सोमबार फेसबुकमार्फत उनले राप्रपामा कायम गतिहिनता कै अवस्थामा चुनावमा जाँदा परिणाम निराशाजनक हुने बताए।  

पार्टीलाई गतिशील बनाउन चुनाव अगाडीनै  स्वास्थ मापदण्डको पालना गर्दै महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताएका छन्।  

उनले संसदको चुनाव अदालतको फैसलामा भर भएपनि आगामी फागुन/चैतमा स्थानीय चुनाव हुने निश्चित भएको बताए। 

‘संसदको चुनाव कहिले हुन्छ, अदालतको फैसलामा भरपर्छ। तर, आगामी फागुन/चैतमा स्थानीय चुनाव हुने निश्चित छ।’उनले लेखेका छन्,‘राप्रपामा हाल कायम गतिहिनता कै अवस्थामा चुनावमा जाँदा परिणाम निराशाजनक हुनसक्छ। त्यसले पार्टीको भविष्यलाई प्रभावित गर्छ । त्यसैले स्वास्थ मापदण्डको पालना गर्दै महाधिवेशनको तयारीमा जुटौं।’

फाइल तस्बिर 

 नै नेतृत्व आफैं आउनुपर्छ भन्ने जरूरी नभएको  उल्लेख गर्दै उनले पार्टी कार्यकर्ताहरूको विश्वास जितेर नयॅा/पुराना/युवा जो आएपनि त्यसले पार्टीलाई गतिशील/बलियो बनाउँछ। जनता राप्रपा खोजिरहेको बताएका छन्।  

Views: