d

गौरादहमा युवा संघ नेपालः नगरलाई बुझायो १६ बुँदे ध्यानाकर्षण पत्र (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाः राष्ट्रिय युवा संघ नेपाल गौरादह नगरकमिटिले गौरादह नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आसन्न बजेटमा युवालक्षित कार्यक्रमहरुसमाबेस गर्नुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाईएको हो ।

 

No description available.


राष्ट्रिय युवा नीति युथ भिजन निर्देशक सिद्धान्त र रणनितिलाई आत्मसात गर्नुपर्ने, युवाहरुलाई स्वरोजगार बनाउनका लागि उद्यमशिलता र सिप विकास तालिमको व्यवस्था, युवाहरुलाई व्यवसायिक कृषीमा प्रोत्साहन, वैदेशिक रोजगारबाट फर्किएका युवाले सिकेको सिपको उचित प्रयोग, नगर भित्र आप्नै पुर्नस्थापना केन्द्र स्थापना, भ्रस्टाचारमा सुन्य सहनशीलता, युवा रोजगार प्रर्वधन केन्द्र स्थापना गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराईएको छ । 

 

No description available.


 

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन, २०२५ का निर्देशक सिद्धान्त, रणनिति र योजनालाई आत्मसात गर्दै सो बमोजिमको बजेट तर्जुमा गर्न ध्यानाकर्षण गराईन्छ ।’


त्यसैगरी ध्यानाकर्षण पत्रमा सुचना प्रविधिमा युवाहरुको पहुँच वृद्धि गर्नका लागि नगर स्तरिय युवा आइटी पार्क स्थापना गर्न माग गरिएको छ । 


लोपोन्मुख शीप र पेशालाई प्रवर्धन गर्नका लागि युवाहरुलाई तालिम र शीप विकासको कार्यक्रम संचालन गर्न, नगरस्तरिय युवा सम्मेलन एवम् युवा महोत्सव आयोजना गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । 

 

No description available.


त्यस्तै ध्यानाकर्षण पत्रमा एच.आई.भी. एड्स सम्बन्धि सचेतना कार्यक्रम, युवा स्वयंसेवक परिचालन कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न, सामाुदायिक विद्यालयमा खेलकुद प्रशिक्षकको व्यवस्था गर्न तथा खेलाडी प्रोत्साहन गर्नका लागि पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गर्न भनिएको छ । 

 

No description available.


संघका नगर अध्यक्ष विपिन ओझा तथा  सचिब केवल कुमार कट्वालद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र आप्mनै कार्यकक्षमा ग्रहण गर्दै नगर उपप्रमुख गिता भेट्वालले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका अधिकांश मागहरु घोषित नितिकार्यक्रमले सम्बोधन गरिसकेको वताउदै युवालक्षित कार्यक्रमहरु सन्चालन गर्न नगरपालिकाले यस बर्ष पर्याप्त बजेट विनियोजन गर्नलागेको समेत जानकारी गराईन्।

 

No description available.


ध्यानकर्षण पत्रमा निकै महत्वपूर्ण सुझावहरु समेत प्रस्तुत गरिएकोमा युवा संघलाई धन्यवाद प्रदान गर्दै उपमेयर भेटवलले भनिन्, ‘कोभिड १९ को जटिल परिस्थितीले चालु आर्थिक वर्षमा पनि कतिपय कार्यक्रमहरु सन्चालन गर्नै सकिएन, आगामी बजेटले युवाहरुलाई उचित सम्बोधन गर्ने विस्वास लिईएको छ ।’

No description available.


उप–प्रमुख भेट्वालले गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने मेयर उपमेयर युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको २० लाख रुपैयाँ बजेटको कार्यक्रम कोभिडकै कारण सन्चालन गर्न नसकेको बताईन् । 

 

No description available.


मंगलबार सम्पन्न ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा युवासंघ नगर अध्यक्ष विपिन ओझा, सचिव केवल ब. कटुवाल तथा नगर सदस्यहरु बुबुल सुब्बा, डिल्ली प्रसाद सिवाकोटी र भिम प्रसाद दुलालको उपस्थिती रहेको थियो । 

 

ध्यानकर्षण पत्र
 

No description available.

 

No description available.

No description available.

 

 

 

 

Views: