d

कमल: मदन भण्डारी स्पोर्ट्स एकेडेमीले लामिछानेको उपचारमा गर्यो ६२ हजार ५ सय सहयोग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: मदन भण्डारी स्पोर्ट्स एकेडेमी कमल गाउँसमितिले क्यान्सर रोग पिडित पवित्रा लामिछानेको उपचार सहायताको लागि आर्थिक सहयोग गरेको छ।  आर्थिक अभावमा परि उपचारमा कठिनाइ भएकी लामिछानेको उपचारमा एकेडेमीको तर्फवाट नगद ६२ हजार ५ सय रुपैंया सहयोग गरिएको हो।  

'वहाँ लामो समय देखि क्यान्सर रोग संग संघर्ष गरिराख्नु बहेको छ, उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले एकेडेमीका सदस्यहरुबाट नगद संकलन गरेर थोरै भए पनि सहयोग गर्न पाएका छौं। ', पर्दाफास संग कुरा गर्दै सहयोग समिति संयोजक दिपक खड्काले बताए।  
उनले भने, 'पवित्रा लामिछानेको आर्थिक अवस्था एकदमै कमजोर छ, उपचारको लागि सहयोग गरिदिन सबै जना संग अपिल गर्दछौं।'

लामिछानेको उपचार बि एन सी मा भईरहेको र उपचारको लागि ८ लाख लाग्ने जनाइएको छ।  

 

No description available.

Views: