d

 मानव धर्म  द्वारा कोभिड अस्पताल दमकलाई पेसेन्ट मनिटर हस्तान्तरण  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाल मानव धर्म सेवा समिति दमक शाखाले कोभिड अस्पताल दमकलाई १ थान पेसेन्ट मनिटर हस्तान्तरण गरेको छ।  संस्थाकोदमक स्थित आश्रममा आयोजित एक कार्यक्रमका बीच कोभिड बिरामीको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले पेसेन्ट मनिटर सहयोग गरिएको हो।  

संस्थामा आवद्द भक्तजन बाट सेवाराशी संकलन गरि दमक अस्पताललाइ करिब ८० हजार मूल्यको  पेसेन्ट मनिटर हस्तान्तरण गरिएको जनाइएको छ। 

हस्तान्तरण समारोहमा नेपाल मानव धर्म सेवा समितिको तर्फ बाट महात्मा मनोरमा बाईजी, केन्द्रिय सल्लाहकार तथा भवन तथा जग्गा व्यस्थापन केन्द्रिय सदस्य डिल्ली प्रसाद भट्टराई, नेपाल मानव धर्म सेवा समिति मेची अञ्चल उपाध्यक्ष भीमा ओझा, दमक शाखा उपाध्यक्ष योगेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो भनें अस्पतालको तर्फबाट दमक नगरपालिका नगर प्रमुख रोमनाथ ओली, उप प्रमुख गीता अधिकारी, वडा न ७ अध्यक्ष भिम पौडेल, नेपाल रेडक्रस सोसाइटी दमक सभापति तथा कोभिड व्यस्थापन समिति सदस्य प्रकाश बुढाथोकी, नगर स्वास्थ्य शाखा प्रमुख राम वृक्ष चौधरी तथा कोभिड अस्पताल फोकल पर्सन कुबेर भट्टराई लगायतको उपस्थिति रहेको थियो।  

Views: