d

तीनदिनसम्म मुलुकभर भारी वर्षा हुने सम्भावना 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – आज देखि ३ दिनसम्म मुलुकभर मनुसुनी वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणालीका कारण आज दिनभरजसो नै देशका धेरै ठाउँको मौसम बदली हुने र केही ठाउँमा हल्कादेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदहरु बताएका हुन्।  

अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । दिउँसो प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भने ठूलो पानी पर्ने सम्भावना छ । आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आउँदो तीनदिनसम्म देशका केही ठाउँमा ठूलो र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ। 

Views: