d

नेपाल, बंगलादेश र श्रीलंकालाई सीमित मात्रामा खोप उपलब्ध गराउने भारतको तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

९ असार, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा लगाएको प्रतिबन्धलाई केही खुकुलो पार्ने तयारी गरेको छ । आगामी जुलाईको अन्त्यमा वा अगष्टको पहिलो साताबाट छिमेकी मुलुकहरुमा सीमित मात्रामा खोप निर्यात गर्ने भारतको गृहकार्य रहेको बताइएको छ ।

खासगरी नेपाल, बंगलादेश, श्रीलंकालाई सीमित मात्रामा खोप उपलब्ध गराउने आश्वासन भारतीय अधिकारीहरुले दिइरहेका छन् । तर मिति भने तय भइसकेको छैन ।

बंगलादेशका लागि भारतीय राजदूत विक्रम दोरीस्वामीले आइतबार भारतले सकेसम्म छिटो बंगलादेशका खोप निर्यात गर्न चाहेको प्रतिक्रिया दिएका छन् । टाइम्स अफ इन्डियाका अनुसार उनले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘यो समस्या छिट्टै समाधान हुनेमा म आशावादी छु ।’

काठमाडौंस्थित भारतीय दूतावास स्रोतले पनि भ्याक्सिन मैत्री अभियानलाई सुरु गर्ने विषयमा तीव्र छलफल भइरहेको जानकारी दिएको छ । ‘छिमेकी मुलुकहरुले पहिलो चरणको खोप अभियान हामीले दिएकै अनुदानबाट सुरु गरेका हुन् । तर, दोस्रो चरणका लागि हाम्रै कारणले खोप दिन सकिएन,’ स्रोतले भन्यो, ‘त्यसैले कुनै न कुनै निकास निकाल्नुपर्ने अवस्था छ ।’ अनलाइन खबरमा खबर छ । 

Views: