d

भारी वर्षा संगै बन्द भएका सडक अझै सुचारु भएनन्

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – गत हप्ता आएको भिषण बाढी र पहिरोका कारण बन्द हुन पुगेका १२ वटा ठुला सडक अझै सुचारु हुन सकेका छैनन् ।  २८ वटा मनसुनी वर्षाका कारण बन्द हुन पुगेका सडक पूर्ण रुपमा ठप्प छन् भने अन्य २८ वटा सडक  आंशिक अर्थात् एकतर्फी सञ्चालनमा आएका हुन्।

 

unn.prixa.netतस्बिर: उज्यालो अनलाइन 

डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङका विभिन्न खण्डमा मर्स्याङ्दी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा बन्द भएको छ । अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा यातायात पूर्ण रूपमा ठप्प छ । साँफेबगर–मार्तडी–कोल्टी सडकमा पर्ने बल्दे–अम्कोट सडक जेठ ३१ गतेदेखि नै बन्द भएकोमा अझै खुल्न सकेको छैन ।

यस्तै रसुवाको गल्छी–त्रिशूली–वेत्रावती खण्ड पनि बन्द छ । यो सडकको विकल्प भएकाले तत्काल मर्मत नहुने सडक विभागले जनाएको छ । तत्काल नियमित हुन नसक्ने सडकमा एकातिरबाट पहिरो पन्छाएर गाडी चल्न मिल्ने बनाइएको पनि सडक विभागले जनाएको छ ।उज्यालो। 

 

 

Cover Image: National Herald

Views: