d

सन् २०२१ सम्ममा सबै नागरिकले खोप लगाउछन् : प्रधानमन्त्री ओलि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानमन्त्री केपि शर्मा ओलिले आउदो बर्ष २०२१ सम्ममा सबै नेपाली नागरिकले खोप लगाई सक्ने बताएका छन्।
प्रधानमन्त्रीले नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै खोपको अभाव क्रमशः सुल्झँदै गएको बताएका थिए। भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए ।


यस अगाडि प्रधानमन्त्रीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गरे
यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको प्रधानमन्त्रीको भनाइ थियो ।
                                   - Online Khabar को सहयोगमा

Views: