d

पूर्वसांसद तथा क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्तीको निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा : पूर्वसांसद तथा क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्तीको निधन भएको छ।

भद्रपुर नगरपालिका ६ निवासी चक्रवर्तीको बिहीबार दिउँसो ७४ वर्षको उमेरमा घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समयदेखि अस्वस्थ थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहले उनलाई २०६१ चैत २९ गते मध्यमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासकमा नियुक्त गरेका थिए। त्यस बेला उनी छोटो समय क्षेत्रीय प्रशासकको भूमिका निर्वाह गरे।

त्यसअघि तत्कालीन राजा वीरेन्द्र शाहले पनि उनलाई राज्यसभा सदस्य मनोनीतसमेत गरेका थिए। राप्रपाका पूर्वकेन्द्रीय सदस्य समेत रहेका उनी साहित्यकार पनि हुन्।

राजतन्त्र सकिएर गणतन्त्र आएपछि उनी घरमै बसेर जीवन कटाइरहेका थिए। घर बस्दा उनले विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू समेत प्रकाशन गर्दै आइरहेका थिए।

यता सच्चा देशभक्त र राजभक्त गुमाएको प्रति दुःख व्यक्त गर्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले घरमै पुगेर उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए।

उनको आजै देउनिया नदीमा हिन्दु धार्मिक अनुसार दाहसंस्कार गरिएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।

Views: