d

सञ्चारक्षेत्रको विकासमा प्रदेश सरकार प्रयत्नशिल छ : मन्त्री कार्की

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले विभिन्न योजना ल्याउने तयारी गरेको बताएका छन् ।

मिडिया एक्सन नेपाल प्रदेश–१ द्धारा आयोजित कोभिड महामारी र पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका विषयक भर्चुअल अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पत्रकारको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । 
मन्त्रि कार्कीले कोरोना कहरको समयमा पत्रकारमा परेको आर्थिक समस्यालाई मध्यनजर गर्दै आर्थिक व्यस्थापन गरेर सहयोग गरेको बताउदै  मिडियाको विकासका लागि प्रदेश सरकारले सबैसंग सहकार्य गर्ने विश्वास दिलाए।  

 प्रदेश–१ मा प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारको क्षमता र दक्षता विकासका लागि पहल थालेको विषयमा जानकारी गराउंदै मन्त्री कार्कीले पत्रकारको पेशागत सुरक्षाको लागि प्रदेश सरकार ध्रिड रहेको जनाए।  

प्रदेश सरकारले निर्माण गर्ने मिडिया विधेयकका सवालमा मिडिया एक्सन नेपालसंग परामर्श गर्ने बचनबद्दता व्यक्त गरे।  

सोहि अवसरमा आफ्ना धारणा राख्दै मिडिया एक्सन नेपालका केन्द्रिय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारको विषयमा मिडिया संस्था संवेदनशिल हुनुपर्ने बताएका थिए । उनले मिडिया संस्थाले सरकारसंगको परनिर्भरता हटाएर आत्मनिर्भर हुदैं पत्रकारको पेशागत सुरक्षा तथा क्षमता विकासमा ध्यान दिए मात्रै सञ्चार क्षेत्र सुदृढ हुने भनाइ राखेका थिए । 

मिडिया स्वतन्त्र र निस्पक्ष नभए त्यसको असर सबै क्षेत्रमा पर्ने भएकाले पत्रकारलाई दक्ष र जिम्मेवार बनाउनका साथै पत्रकारिताको विकासको क्षेत्रमा मिडिया एक्सन नेपालले लामो समयदेखि काम गर्दै आएको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष लीलाबल्भ घिमिरले मिडिया एक्सन नेपालसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउदै पत्रकारको दक्षता र क्षमता विकासमा ध्यान दिनुपर्ने बेला आएको बताए स्मरण गराएका थिए ।  सरकारसंगको परनिर्भरता हटाउन संचारगृहहरुले प्रयास गर्नु पर्ने बताएका थिए।  

शिक्षा पत्रकार समूहकी प्रदेश संयोजक एवम् सञ्चारिक समूह प्रदेश–१ की महासचिव राधा खनालले महिला पत्रकारको क्षमता विकासमा ध्यान दिन प्रदेश सरकार र पत्रकार महासंघको ध्यानाकर्षण गराइन् । उनले प्रदेश–१ का महिला पत्रकारको अवस्थाको विषयमा चर्चा गर्दै महिला पत्रकारलाई सवल र सक्षम बनाउनुपर्नेमा जोड दिइन् । उनले अझै पनि महिला पत्रकार निर्णयक तहमा पुगि नसकेको भन्दैे पछिल्लो समय महिला पत्रकारहरु पनि विभिन्न अनलाइन सञ्चार माध्यम सञ्चालन  गरेर आफैं उद्यमी बन्न थालेकाले प्रदेश सरकारले प्रोत्सहान गरिनुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कोभिड महामारीमा पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । उनले झापामा सञ्चार माध्यमहरुले नै पत्रकारको कोरोना बिमा गरिदिएको भन्दै पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले पहल थालेको विचार ब्यक्त गरे । उनले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउदै अघि बढाउन मिडिया एक्सन नेपाल जस्ता सञ्चार सम्बद्ध संस्थाहरुसंग सहकार्य गर्न तयार रहेको बताए । उनले प्रदेश सरकारले मिडियासंग सम्बन्धित कानुन निर्माण गर्दा सञ्चार मैत्री हुनुपर्नेमा जोड दिए ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्लेले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउनका लागि प्रतिष्ठानले योजनाबद्ध ढङ्गबाट काम गर्ने बताए । उनले प्रदेश–१ का पत्रकारको क्षमता विकासका लागि पहल गर्ने उल्लेख गरे । उनले मिडिया एक्सन नेपालसंग परामर्श गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

पछिल्लो समय सरकारसंगको परनिर्भरता बढ्दै गएकाले पत्रकारिता क्षेत्र स्वतन्त्र हुनेमा शंका उत्पन्न भएको मिडिया एक्सन नेपालका कार्यसमिति सदस्य आशिष मिश्रले बताए । कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उनले मिडियाको विकासका लागि मिडिया संस्था जिम्मेवार बन्नुपर्नेमा जोड दिए । कार्यक्रको सञ्चालन प्रदेश–१ संयोजक नरेन्द्र ढकालले गरेका थिए । हालसम्म ६ वटा प्रदेशमा वेबिनारबाट कार्यक्रम सम्पन्न भइसकेको छ । आमसंचारको सहयोगमा। 

Views: