d

कार्यकाल सकिन लाग्दा वडाध्यक्ष पोख्रेलको आक्रोश: 'म पटक पटक ठगिएँ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल  / पुष्प आर जे  

झापा: ४ वर्ष पहिले  विजयको माला लगाएका गौरादह ८ का वडा अध्यक्ष भुमीराज पोख्रेलले आफ्नो कार्यकालमा महत्वपूर्ण विकास आयोजना संचालन गर्न नसकेको आक्रोश सामाजिक संजालमा पोखेका छन्।  वडा अध्यक्षमा निर्वाचित भए संगै स्वच्छ छवि भएका जनप्रतिनिधि भनेर चिनिने पोख्रेलले प्रदेश र संघिय सरकार बाट असहयोग भएको आरोप लगाएका हुन्।  

पोख्रेलले प्रदेश र संघीय सरकार संग पटक पटक योजना मागेको तर योजना नपरेको फेसबुकमा उल्लेख गरेका छन् ।  

उनले आफ्नो वडाको बजेट कटौती गरेर हरेक वर्ष शून्य बनाइने गरेको आरोप लगाएका छन्।  

बजेट कटौती भएको आरोप लगाइरहदा को माथी आरोप थोपरेका हुन् त्यो भनें खुलाएका छैनन्।  

उनले बजेट काटिएको बारे स्पष्ट जवाफ चाहियो भन्दै लेखेका छन् , 'झापा जिल्ला गाैरादह नगरपालिका वार्ड नं ८ का लागि प्रदेश सरकार, संघीय सरकार सँग  पटक पटक याेजना माग गर्दा पनि नपर्नु पर्ने कारण के हाे? तथापी आदरणीय नेतागणहरु मत सुरक्षित हाेला,तर याेजना जहिल्यै किन शून्य बनाउनु हुन्छ,स्पष्ट जबाफ चाहियो । '

सामाजिक संजालमा आक्रोश व्यक्त गरे संगै उनको स्वच्छ छवी माथि भनें राम्रै प्रश्न चिन्न तेर्सिएको छ।   वडाको विकास गर्छु भनेर सपथ खादै कुर्शीमा बसेका पोखरेलले संघीय र प्रदेश सरकारबाट बजेट ल्याउन नसकेको उनकै भनाइ बाट छर्लंग भएको छ ।  

सञ्चारक्षेत्र बाट टाढै बस्न चाहने वडाध्यक्ष पोख्रेलले अहिले सम्म वडामा के के विकास गरेका छन् भन्ने विषयमा संचारमाध्यममा खासै ल्याउन सकेको पाइदैन।  

वडाध्यक्ष पोख्रेल नेकपा एमालेबाट उम्मेदवार भई स्थानीय नागरिकले भारी मत दिएर निर्वाचित भएका जनप्रतिनिधि हुन्

गौरादहका सबै वडा मध्ये वडा न १ सञ्चार क्षेत्र संग राम्रै सम्बन्ध राख्न सफल भएको मानिन्छ भने वडा न  ७  सञ्चार माध्यम संग प्रतक्ष्य जोडिएका वडा अन्तर्गत पर्दछ।  

कतिपय वडाहरुले पत्रकार सम्मेलन नै गरेर आफुले गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउने गरेका छन् भने पोख्रेल सहित अन्य केहि वडाहरु सञ्चार क्षेत्रको विकास हुनुपर्छ भन्ने मान्यता समेत नभएका वडा हुन् की भन्ने आकलन गर्न सकिन्छ।  

 वडाका समस्या र हरेक गतिबिधिलाई सञ्चार मध्यममा प्रकाशन गराउँदा जनमानसमा सूचना पहुँच पुग्ने र प्रदेश तथा संघीय सरकारलाइ समेत प्रत्यक्ष अवगत हुने भएता पनि कतिपय स्थानिय तहले सञ्चारक्षेत्रको आबस्यकता महसुस नै गरेका हुँदैनन्।  

सञ्चार क्षेत्रको समुचित प्रयोगले हरेक गतिविधिलाई लिपिबद्द गर्न र अत्यावश्यक स्थानमा बजेट विनियोजन गराउन मद्दत गर्ने र यस्ले राष्ट्रको सर्वाङ्गिण  विकासमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास गर्दै संघीय र प्रदेश सरकारले हरेक स्थानीय तहमा रहेका सञ्चारगृहको समुचित विकास गर्न बजेट नै तर्जुमा गरेको पाइन्छ।  बजेट तर्जुमा गरेर पठाइने गरेको भएता पनि सञ्चार बजेटलाई आफूखुशी प्रयोग गर्ने, तथा त्यस्तो बजेट फ्रीज गरिदिने गरेको समेत धेरै स्थानमा खुलेको छ ।  

वडा अध्यक्ष पोख्रेलले सामाजिक संजालमा पोखेको आक्रोश आफ्नो ठाउँमा सहि नै भए पनि उनको कार्यकाल ४ वर्ष पुरा भएको छ।  अव उनि संग केवल ६ महिना वांकी छ।  ३ वर्ष अगाडी उठाउनु पर्ने आवाजले उनको कार्यकालमा विकास हुने कुरो त परे जावोस वडाबासी  समेत नराम्रोसंग ठगिएका छन्।   यतिका वर्ष सम्म उनि  किन मौन बसे र जनताका समस्यालाई संचारमाध्यम मार्फत किन उजागर गरेनन् भन्ने प्रश्न गम्भीर रुपमा तेर्सिएको छ।   

Open Photo

 

Open Photo

Views: