d

चीनमा भेटिए मानव जातिका पुर्खा 'ड्रागन म्यान' को अवशेष

Views:
Responsive Image Gallery
Responsive Image Gallery

वासिङटन: उत्तरपूर्वी चीनमा भेटिएका हड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्रजाति नै मान्छेको सबैभन्दा नजिकका पुर्खा भएको वैज्ञानिकहरुले घोषणा गरेका छन् ।

"ड्रागन म्यान" समेत भनेर चिनिने होमो लोंगी प्रजाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हेइलोङजियाङ प्रान्तको सहरमा 'हर्बिन क्रेनियम' भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन त्यसलाई ८५ वर्षसम्म इनारमा राखियो ।

 

This image shows comparisons among Peking Man, Maba, Jinniushan, Dali and Harbin crania (from left to right)यी तस्बिरले मानव जातीको विकास चरण देखाउछ 

पछि २०१८ मा त्यसलाई उत्खनन गरी हेबेइ युनिभर्सिटीका प्राध्यापक जी कियाङलाई हस्तान्तरण गरिएको हो। "हाम्रो विश्लेषण अनुसार हर्बिन समूह अरु भन्दा ज्यादै नजिकबाट मानव जातिसँग सम्बन्धित छ । निएन्डरथल्स भन्दा पनि हर्बिन हाम्रा नजिकका पुर्खा हुन्," लण्डनस्थित नेचुरल हिस्ट्री म्युजियमका अनुसन्धाता क्रिस स्ट्रिंगरले भने ।

स्ट्रिंगरले पछिल्लो ५० वर्षको अवधिमा हर्बिन हड्डी जत्तिको महत्वपूर्ण जीवाश्मा कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन् । "हर्बिन हड्डी पछील्लो ५० वर्षको अवधिमा मैले देखेको सबैभन्दा महत्वपूर्ण जीवाश्मा हो । यसले के देखाउँछ भने पूर्वी एसिया र चीनले मानव कथा सुनाउन कति महत्वपूर्ण छ त ।"

 

 

यो नयाँ खोजबारे विस्तृतमा लेखिएका तीनवटा निश्कर्ष सामग्री शुक्रबार द इनोभेशन जर्नलमा प्रकाशित भएका छन् । अनुसन्धान अनुसार होमिनी होमो लोंगी हेइलोङजियाङ क्षेत्र वा ब्ल्याक ड्रागन रिभरबाट आएका थिए ।

उक्त अनुसन्धान अनुसार ती हड्डी कम्तिमा १ लाख ४६ हजार वर्षअघिका हुन् । तिनको नाम ड्रागन म्यान राखिनुको कारण ड्रागन नदीको नाम भएको बताइन्छ ।

अनुसन्धाता स्ट्रिंगरले भनेका छन्, "यसले पूर्वी एसियामा आफ्नै विकासवादी इतिहाससँगै तेस्रो मानव वंशलाई स्थापित गर्छ । र मानव विकासका लागि यस क्षेत्र कति महत्वपूर्ण थियो भनेर पनि देखाउँछ ।" अन्नपुर्ण पोस्ट।  
 

 

image: Nytimes.com

Views: