d

एमाले कर्णाली प्रदेशका तीन सांसद फेरि निलम्बित, जोगिए प्रकाश ज्वाला 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशका तीन सांसद फेरि निलम्बनमा परेका छन् । 

 माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर साहीलाई विश्वासको मत दिएका सांसदलाई एमाले कर्णाली प्रदेश संसदीय दलले निलम्बनको निर्णय गरेको हो । 

कर्णाली प्रदेशसभा सचिवालयले सूचना सार्वजनिक गर्दै एमाले संसदीय दलको बैठकले अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निलम्बन गरेको जानकारी गराएको छ । 

कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले सूचना सार्वजनिक गर्दै उनीहरुलाई निलम्बन गरिएको जानकारी दिएका हुन् । 

यसअघि पनि सांसद प्रकाश ज्वालासहित उनीहरुलाई सांसदबाट निलम्बन गरिएको थियो । सर्वोच्चले पुनर्बहाली गरेपछि कर्णाली प्रदेश सरकारमा मन्त्री बनेका तीन नेतालाई फेरि निलम्बनको निर्णय गरिएको हो । यसपटक ज्वाला भने निलम्बनमा परेका छैनन् । अन्नपुर्ण। 

 

 

Image: my Republica

Views: