d

स्वास्थ्यकर्मी प्रति समर्पित 'स्वास्थ्यकर्मी' गजल.

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कोरोनाको बिपत्ति मा जीवन तिम्ले  चाल्दै छौ रे ,
दिन रात नभनेरै आसाको दिप  बाल्दै छौ रे।

तिमि नै हौ सारा जगत  सन्तती हुन सबै मेरा ,
मेलै केही गर्नै पर्छ !अठोट तिम्ले थाल्दै छौ रे।

केहि छैन आसा अब तिमी मै छ सबै भर,
नडराउ  ढुक्क हुनु , डर मनको फाल्दै छौ रे।

सुम्पिएर हर खुशि हस्पिटल का वार्ड हरुमा ,
छिया छिया परेको दिल ,आत्मबल ले टाल्दै छौ रे ।

कोरोनाको बिपत्ति मा जीवन तिम्ले चाल्दै छौ रे ,
दिन रात नभनेरै आसाको दिप  बाल्दै छौ रे।

  ✍️रमेश रपाल

Views: