d

जेसिबीले ठक्कर दिई वडाध्यक्षको हत्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठलाई  जेसिबीले ठक्कर दिई हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मलङ्गवाका अनुसार भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर बसेका थिए ।
शुक्रबार राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष श्रेष्ठको विवाद भएको थियो । विवाद गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले बताए ।

मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । घटनापछि घटनाको प्रारम्भिक अनुसन्धान तथा फरार रहेका चालकको खोजीका लागि जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरको नेतृत्वमा प्रहरीहरु परिचालन गरिएको थियो ।

Reporters Nepal को सहयोगमा 

Views: