d

पानी लगाउने बिषयमा झगडा हुँदा १५ जना घाइते

Views:
Responsive Image Gallery
Responsive Image Gallery

खेतमा पानी लगाउने बिषयमा सनिवार रौतहटको मौलापुरमा झगडा हुँदा १५ जना घाइते भएका छन्।
मौलापुर नगरपालिका-१ का मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
एसपी शाहका अनुसार साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको मौलापुरमै उपचार भइरहेको र सबै खतरामुक्त रहेको एसपी शाहले बताए ।

 घटनामा  सबै  दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ । अहिले अवस्था सामान्य भैसकेको एसपी शाहले बताए ।                                     -Online Khabar को सहयोगमा 

Views: