d

केहि दिन भित्रैमा देउवा प्रधानमन्त्री बन्ने निश्चित छ - प्रचण्ड 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनपछि नै प्रधानमन्त्री बन्ने बताएका छन्। 

शनिबार संघीय संसद्‍ भवनमा आयोजित राजनीतिक बिटका पत्रकारसँगको अन्तक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। 

सर्वोच्च अदालतमा देउवाको समर्थनमा बहुमत सांसदले हस्ताक्षर बुझाएको भन्दै उनले देउवा प्रधानमन्त्री बन्ने कुरामा कुअनै आशंका नरहेको ठोकुवा गरे।   लोकतान्त्रिक मान्यता अनुसार फैसला हुँदा देउवा प्रधानमन्त्री बन्ने उनको दाबी छ। अध्यक्ष प्रचण्डले भनें, '१४९ सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा दर्ता भएको छ , देउवा प्रधामन्त्री बन्ने कुरामा कुनै अड्चन देखिदैन। '

Views: