d

राष्ट्रपति भण्डारीको रोल प्रधानमन्त्रीको कार्यकर्ताजस्तो मात्र देखियो - देउवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१२ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना हुने कुरामा कुनै आशंका नरहेको बताएका छन्। 
 शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेको रिट सर्वोच्चमा रहेकाले संसद पुनर्स्थापना हुने निश्चित रहेको बताएका हुन्।  

देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गर्दै रातको २ बजे संसद बिघटन गर्नु अस्वाभाविक रहेको दोर्याए। 

देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे ।

Views: