d

हामी एमाले भित्रको बिद्रोही शक्ति हौँ - नेता नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरु एमाले भित्रको बिद्रोही पक्ष भएको बताएका छन्।  

विपक्षी गठबन्धनले शनिबार नयाँ बानेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले ओलीले पटक–पटक गलत कदम चालेको आरोप लगाउंदै ओलीमा सत्ता, शक्तिको मात चढेको जिकिर गरेका हुन् ।

 गठबन्धनको लडाइँ केपी शर्मा ओलीविरुद्ध नभएको तर ओली प्रवृत्तिविरुद्ध लडाइँ केन्द्रित रहेको बताएका छन्।  

ओलीका क्रियाकलापले लोकतन्त्र नै धरापमा परेको उल्लेख गर्दै उनले आफू ओलीबाट पटक–पटक धोका पाएको दाबी गरे ।

नेपालले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने पनि स्पष्ट पारे ।
नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धोका नदिने बताउँदै भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो । तर म धोका दिने मान्छे होइन । हस्ताक्षर फिर्ता हुँदैन ।’

 

Views: