d

कैलाली र बर्दिया जोड्ने हुलाकीमार्गको सत्ती घाट पुल जोखिममा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अविरल वर्षापछि आएको बाढीको कटानले कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीमा रहेको सत्ती पुल जोखिममा परेको छ ।  बर्दियातर्फ पानीको बहाव बढेपछि कटान हुँदा पुलको छेउमा प्वाल परेपछि जोखिममा परेको हो । पुलको बर्दिया तर्फको अन्तिम पिल्लर थप गर्नुपर्ने देखिए पनि पिल्लर नथपिँदा पुलबाट आवतजावतमा समस्या हुने देखिएको छ । 

तस्बिर: टिकापुर एफ एम 
    हुलाकी राजमार्ग अन्र्तगत पर्ने सत्तीघाट पुलमा प्वाल पर्दा आवतजावत समेत बन्द हुने सम्भावना समेत देखिएको स्थानीय बासिन्दा जयसिंह साउँदले बताउनुभयो । ‘‘यही पुल पार गरेर हामी श्रीलंका ओहोरदोहोर गर्नुपर्छ’’, साउँदले भन्नुभयो, ‘‘टीकापुर ८ स्थित रहेको यो पुलले बर्दिया र कैलाली मात्र नभई सुदूरपश्चिम प्रदेश प्रदेश नं. ५ लाई जोड्ने गर्दछ । पुल जोखिममा रहेकाले अब आवतजावतमा समस्या हुने भएको छ ।’’ पुलको बर्दियातर्फको भागमा प्वाल परेकाले अब सवारी साधन सञ्चालनमा समस्या भएको छ ।
    पुलमा थप पिल्लर थप्नका लागि पहल गरिरहेको ५ नं. प्रदेशका साँसद दिपेश थारुले जानकारी दिनुभयो । ‘‘लामो समयदेखि पुल जोखिममा रहेकाले थप एउटा पिल्लर थप्न पहल थालेका छौँ’’, साँसद थारुले भन्नुभयो, ‘‘यसै वर्ष सम्पन्न हुने गरी टेण्डर हुने भनिएको छ । जोखिम कम गर्न पुलको किनारामा जाली भर्ने, तटबन्ध गर्ने जस्ता कार्य भएका छन् ।’’
    पुलको अवस्थाबारे सुदूरपश्चिम प्रदेश र प्रदेश नं. ५ मा हरेक वर्षात्मा छलफल हुन्छ तर निर्माण हुँदै जोखिममा रहेको पुल निर्माणमा कसैको ध्यान जान नसकेको टीकापुर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाको आरोप छ । ‘‘हामीले हरेक ठाउँमा पुलको अवस्थाबारे जानकारी गरायौँ तर निर्माणतर्फ ध्यान गएको छैन’’, ठकुल्ला भन्नुहुन्छ, ‘‘वर्षौपछि बनेको पुल अबरुद्ध भए कैलाली र बर्दियाको ब्यापारीक बाटो समेत बन्द हुन्छ । अझ यो पुल कैलालीकै ८ नं. वडाका नागरिकलाई आवतजावतमै समस्या सिर्जना गर्छ ।’’ 
नदी कटानले पुल संरक्षणका लागि बनाएको तटबन्ध समेत भासिएको छ । तटबन्ध भासिएकाले पुल भत्किने जोखिम समेत बढेको बिक्रम कायस्थले बताउनुभयो । “पुल समयमै मर्मत नगरिए हजारौं सवारी साधन हिड्ने यो बाटोमा आवतजावतमा समस्या हुनेछ”, कायस्थ भन्नुहुन्छ, ‘‘पुल जोगाउनको लागि पुलको लम्बाईमा १ स्पान थप गरेमात्र समस्या समाधान हुने देखिन्छ ।’’
    १३ स्पानको ५ सय ३१ मिटर लामो पुलको साइडमा वर्षेनी तारजाली भाँसिदै गएको छ । वर्षातको समयमा नदीमा पानीको वहाब बढे लगत्तै तारजाली भासिने गरेको छ ।    “विगत ३ वर्षदेखि पुलको सोही स्थानमा तारजाली भाँसिदै गएको छ, हरेक वर्ष मर्मतको कार्य भइरहेको भए पनि दिर्घकालिन समाधान भएको छैन” वडाध्यक्ष ठकुल्ला भन्नुहुन्छ “अहिले पुल भत्कने उच्च जोखिममा रहेकोले तत्काल निर्माणमा ध्यान दिन आवश्यक छ ।’’ 
रसुवा कन्ट्रक्सनले २०७१ मा निमार्ण सम्पन्न गरेको पुल भासिदै जाँदा कम्पनीले  बर्षेनी वर्षातमा मर्मत भन्दै तारजाली हाल्दै आएको छ । वर्षेनी पुल छेउमा तारजाली भासिँदै जाँदा मर्मतमा धेरै रकम खर्चिएकोले अब नदीको अवस्था हेरी पुलमा स्पान थप्न आवश्यक रहेको माग स्थानीयको छ । टिकापुर एफ एम।  

Views: