d

मानो खाएर मुरी उब्जाउदै राप्रपा नेता राजेन्द्र लिङ्ग्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: संघिय सांसद राजेन्द्र लिङ्ग्देन हिजोआज खेतबारीमा काम गर्न व्यस्त छन्।  मानो खाएर मुरी उब्जाउने बेलामा सबै किसानहरु खेतीमा व्यस्त रहदा सांसद लिङ्ग्देन पनि झापाको गोलधापमा रहेको आफ्नो पुर्खौली खेतमा धान रोपाईंमा व्यस्त रहेका हुन्। 

 राष्ट्रिय राजनितीमा समेत उतिनै सक्रिय लिङ्ग्देनलाई यतिबेला खेतिबारीमा काम गर्ने चटारो शुरु भएको हो।  

बारम्बार संसद विघटन हुँदा संसद अधिवेशन बस्न नसकेको धेरै भएको छ।  संसद अधिवेशन नहुँदा पनि सांसद लिङ्ग्देनको व्यस्तता उति नै छ।  

राप्रपाका नेता तथा सांसद लिङ्ग्देन आफु खेतिबारीमा व्यस्त रहेको तस्बिर सामाजिक संजालमा शेयर गर्दै लेख्छन्, 'धेरै बर्षपछि हिलो माटोको सुवास लिँदै... आजको बिहान ....यसपाली आफ्नै उत्पादनको धानले आफ्नो आवश्यकता पुर्याउने लक्ष्यकासाथ'

एकातिर संघिय सांसदको जिम्मेवारी र अर्कोतिर पार्टीको उपल्ल्लो तहको नेतृत्व।  व्यस्त दिनचर्या बीच उनि आफ्नो निर्वाचन क्षेत्रका हरेक घरमा पुग्न भ्याएका हुन्छन्।  जन्म संस्कार देखी लिएर मृत्यु संस्कारमा उपस्थित भएर नागरिकको मन जित्न सफल नेता लिङ्ग्देनको उदाहरणिय कृषी कर्मले बिदेशिक भुमीमा श्रम गरिरहेका  नेपाली युवाको मन खिच्ने कुरामा जनविश्वास रहेको छ ।   

Views: