d

बेलायती स्वास्थ्यमन्त्री द्वारा सहयोगीलाई चुम्बन, आलोचित भएपछि दिए राजिनामा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१३ असार, काठमाडौं । कोरोना महामारीमा विश्व भर लागु भएको भौतिक दूरीको नियम अवज्ञा बेलायती स्वास्थ्य मन्त्रीले पद बाट राजिनामा दिनुपरेको छ।   आफ्नै सहयोगीलाई चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्यमन्त्री म्याट हेनककले राजीनामा दिएका हुन्।  

लकडाउनको समयमा उनले कार्यालयकी सहयोगीलाई चुम्बन गरेको तस्वीर सार्वजनिक भएसंगै  उनको तिब्र आलोचना भएको थियो ।

शनिबार बेलायतको प्रधानमन्त्री कार्यालयले हेनककले बुझाएको राजीनामा पत्र सार्वजनिक गरेको हो । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले स्वास्थ्यमन्त्रीबाट यस्तो पत्र पाउँदा दुःख लागेको बताएका छन् । हेनकक पछिल्लो तीन वर्षदेखि बेलायतको स्वास्थ्यमन्त्री थिए । कोरोना महामारी नियन्त्रणको लागि सुरुआतमा उचित कदम चाल्न नसकेको भन्दै उनको आलोचना भएको थियो ।

कोरोना संक्रमण नियन्त्रण गर्न उचित कदम चाल्न नसकेको भन्दै आलोचित बनेका उनले पछिल्लो समयमा खोप अभियानलाई तीव्रता दिएका थिए।   अहिलेसम्म बेलायतमा ८४ प्रतिशत वयस्क नागरिकले कोरोना खोपको कम्तीमा एक डोज लगाएका छन् भने ६१ प्रतिशतले पूरा डोज खोप लिइसकेका बताइएको छ। 

बेलायतका पूर्व अर्थमन्त्री साजिद जाभिदलाई हेनककको स्थानमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

अनलाइन खबरको सहयोगमा

 

image: Timesofisrael.com

Views: