d

तिम्रो बजेटले मलाई छुन्छ कि छुदैन ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

✍️.पुष्प आर.जे   :-
मेरो देशको बजेट भाषणमा म भुमि पुत्र। कहिले सम्बोधन भएन। सुनेको थिए भारतमा म
जस्तै कृषकले आत्महत्या गरे रे । झोलामा अनुदान लिएर हिड्नेले लाखौ पैसा बटुलेर महल बनाउदै गर्दा। मध्य रातमा मल लिन धनिपुर्जा र नागरिकको फोटोकपी लिई मध्याह्न को घामसम्म बसेको म। मैले खेति गर्न लिएको ऋण तिर्न नसकेर दु:खले कमाएको खेत सस्तोमा बेच्न बाध्य भए। मेरो श्रीमतीको गहना धितो राखि लैनो भैसिको पैसा तिर्न नसक्दा न भैंसी गोठमा रहयो न गहना नै। दूध डेरेले अौसि पुर्णिामा मा दूध लिदा अरु दिनको बाटोमा पोख्न बाध्य म।

सरकार तिम्रो बजेट भाषणमा दश नङ्ग्रा खिउने कृषकको लागि के दियौं भनत। झोलामा फर्म अनि कृषि बोकेर हिड्नेहरु नै कृषक भए। न म तिम्रो कुनै अनुदानमा पर्न सके धनिपुर्जा बोकेर केवल मलको लाईनमा मध्यरात बाट बस्न बाध्य भए। तिम्रो त्यो कालो सुटकेसमा भएको पन्नामा ब्यापारी संग मिलेर के के लेख्यौ अनि के के भन्यौं थाहा छैन। तर मेरो लैनि भैंसी , खेती गर्न लिएको ऋण, मिनाह गर्न के लेख्यौ कालो सुटकेसमा भनत। अरबौ घोटाला गर्ने लाई मिनाह गर्ने तिमीले थोरै केही लाख बैकको ऋण किन छुट गर्न सक्दैनौं ?

लक डाउनमा मैले उत्पादन गरेको कृषिले बजार नपाउदा बारिमा कति शब्जिमा ट्याक्टर कुदाएको छु। तर बिहानै ढोकामा लघुबित्तका कर्माचारी अागनिमा टेक्दा म निरहि भएको छु। हो मैले तरकारी खेति गर्न पैसा नहुदा ऋण लिएको थिए। तर न तरकारी बिक्री भयो न ऋण तिर्ण सके। म के भनौ मेरो ससाना लालाबालालाई। जो अनलाइन कक्षाको लागि मोबाइल माग गरिरहेका छन्। आज म मौन छु।

बजारको महङ्गि मा म कहिले सम्म बाचु। मैले उत्पादन गरेको कृषि उपजको मूल्य अरु कोहीले निर्धारण गर्छ। उत्पादन लागत मेरो मिहिनेत खै तिम्रो बजेटले छुन्छ कि छुदैन। तिम्रो बजेटले कति जिडिपि बडाउछ थाहा छैन। कुनै दिन ऋणको भारि बोक्दै म सदा लाई बिदा हुनेछु यहीँ धर्तीमा। तर एउटा कृषक मर्दाको पीडा तिम्रो बजेटमा अटाउने छैन। किनकि त्यो कालो सुटकेसमा केवल कालो मात्र मन भएकाहरुको स्वार्थ छ। हामी कृषकको पीडा त धेरै टाढाको कुरा। कृषि प्रधान देशमा मेरो मृत्यु पछि कुनै पन्नामा मजस्तै को पिडा भए भन। किनकि सान्त्वनाको दागबत्ती दिन यति त भनिदेउ मेरो मृत्यु पछि तिम्रो बजेटले मलाई छुन्छ कि छुदैन? मेरो मृत्युु पछि मेरो छोराछोरी या त सडकमा हुन्छन् या त मरुभूमिको तातो घाममा भेडा चराउदै गरेका हुन्छन्। म जस्ता हजारौं कृषक टाढा भए कसरी गर्भ गर्छौ तिम्रो बजेटमा कृषि प्रधान मेरो देशको बजेट यति भनेर?

Views: