d

नगरकाे निति कार्यक्रम महत्त्वकांक्षी, बजेटले धान्न नसक्ने याेजना प्रस्तुत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झगेन्द्र खड्का 

झापा: गौरादह नगरपालिका भित्रका अति आवश्यक काम गर्न बजेट अभाव देखाउने गौरादह नगरपालिकाले आठौं नगर सभामा महत्त्वकांक्षी निति तथा कार्यक्रम अघि सारेकाे छ। नगरपालिकाकाे बजेटले धान्न सक्ने कार्यलाई  समेटेर नगरकाे याेजना बनाउनु पर्नेमा बजेटले धान्न नसक्ने कार्यलाई समेटेर जनता झुक्याउने निति कार्यक्रम ल्याएकाे नगरबासीकाे बुझाइ छ।

आर्थिक बर्ष २०७८/०७९ का लागि नगरपालिकाले ७१ कराेड ८३ लाख २३ हजार ८ सय काे बजेट ल्याएकाे छ। नगरकाे फाेहाेर व्यवस्थापन, कृषिमा आधुनिकिकरण र बजार व्यवस्थापन, किसानलाई समयमा रासायनिक मल र बिऊ व्यवस्थापन, सडकमा परेका बिधुतका पाेल सार्ने, सडक कालाे पत्र गर्ने, युवा जनशक्तिलाई सीप मुलक तालिम र राेजगारीका अवसर सृजना जस्ता काम गर्न नसकिरहेकाे अवस्था छ।

नगरबासीका अति आवश्यक कामलाई प्राथमिकतामा राखेर निती कार्यक्रम र बजेट ल्याउनु पर्नेमा नगरपालिका भने स्मार्ट सिटीकाे अवधारणा लिएर हिड्दै छ।नगरपालिकाले आठौं नगरसभामा प्रस्तुत गरेकाे नीति कार्यक्रममा नगरपालिकालाई स्मार्ट सिटी निर्माण देखि व्यापारिक पर्यटकिय , शैक्षिक, व्यवसायिक, पर्यावरणीय तथा बसोबास योग्य हरित स्मार्ट सिटीको रुप दिदै डिजिटल गौरादह निर्माण गर्ने सम्मका योजनाहरु प्रस्तुत गरिएको छ। 

नगरपालिकाले ७१ कराेडकाे बजेट सार्वजनिक गरेर स्मार्ट सिटीकाे परिकल्पना गर्न नसकिने गौरादह -७ का दुर्गा ढकाल बताउँछन् ।जनप्रतिनिधि निर्वाचित भएकाे ४ बर्ष बितिसक्दा समेत नगरवासीलाई स्थानीय सरकार भएकाे अनुभुती दिन सकेका छैनन्।नगरपालिकाले नगरकाे फाेहाेर व्यवस्थापन गर्न नसकेर वडा नं -१ काे वडा कार्यलय अगाडि फाेहाेर थुपार्ने गरेकाे छ। 

बजारकाे फाेहाेर उठाएर सरकारी कार्यलय परिसरलाई डम्पिङ साइड बनाउने नगरपालिका नीति तथा कार्यक्रममा स्मार्ट सिटीकाे अवधारणा अघि सार्नु उपयुक्त देखिदैन। नगरपालिकाले नगरकाे फाेहाेर संकलन गरेर डम्पिङ साइड सम्म लैजान ल्याएकाे गाडी समेत भएर थन्किएको देखिन्छ भने डम्पिङ्ग साइडको व्यवस्था समेत अलपत्र परेकाे छ। खेती गर्ने समयमा किसानलाई मल बिऊ तथा कृषि उपकरणकाे व्यवस्था हुन सकिरहेकाे छैन।

कृषि उपजकाे व्यवस्थापन र बजारीकरण नहुदा किसानहरु खेतीबाट पलायन हुने अवस्था सृजना भएकाे छ।किसानले फलाएकाे धान भुसकाे मुल्यमा बिक्री गर्नु परेकाे छ।सडक साँघुरो हुँदा सडक बाहिर रहेका बिधुतका पाेल सडक बिस्तार गरिदा सडक भित्र परेका छन।सडक भित्र रहेका बिधुतका पाेलका कारण दुर्घटनाको जाेखिम बढेकाे छ।स्थानीय सरकारले हाल सम्म पनि पाेल सडक बाहिर सार्न सकेकाे छैन।

नगरकाे बजेटले धान्न सक्ने काम समेत गर्न नसकेकाे अवस्थामा महत्त्वकांक्षी याेजना बनाएर नीति कार्यक्रम ल्याउनु नगरवासीका लागि घातक हुने गौरादह -७ का युबराज चुडाल बताउँछन्। नगरपालिका भित्र हरित स्मार्ट सिटी निर्माण गर्न नगरकाे बजेटले धान्न सक्ने अवस्था देखिदैन। संघिय वा प्रदेश सरकारबाट बजेट आउँछ र स्मार्ट सिटी बनाउने परिकल्पना गरेर पहिले नै नीति कार्यक्रम ल्याउनु सबल पक्ष नभएकाे गौरादह -७ का मित्र बहादुर बस्नेत बताउँछन् । 

नगरपालिकामा ज्ञापन पत्र लिएर जाने समुहलाई नगर प्रमुख र उपप्रमुखले नगरपालिका सकरात्मक रहेकाे बताउने गरेका छन। केही समय अगाडि युवा संघले आगामी बर्षका लागि प्रस्तुत गरिने नीति तथा कार्यक्रममा युवालाई सीप मुलक तालिमकाे व्यवस्था गरि राेजगारीका अवसर सृजना गराउन माग गरेका थिए। नगरपालिकाले नीति कार्यक्रम बनाउने समयमा युवाहरुले ध्यानाकर्षण गराएकाेमा धन्यवाद दिदै मागलाई नगरपालिकाले संबाेधन गर्ने उपप्रमुख गिता भेटुवालले बताएकी थिइन।

स्थानीय सरकारले नगरवासीलाई आस्वासन दिएपनि प्रभावकारी कदम चालेकाे पाइन्दैन। स्थानीय सरकारले नगरवासीका आवाजलाई ध्यानमा राखि नीति कार्यक्रम ल्याउनु पर्नेमा त्यस अनुसारकाे  नीति कार्यक्रममा समाबेश भएकाे पाइन्दैन।
 

Views: