d

दमकमा विकास निर्माण तिव्र, वडा नं.८ मा बन्यो  पक्की ढल सहित कालोपत्रे सडक

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा, १३ असारः दमक नगरपालिका वडा नं. ८ स्थित गणतन्त्र चोक दक्षिणको मिलन मार्गको पक्की ढल सहित सडक कालो पत्रे गर्ने काम सकिएको छ । 
वाड नं. ८ को मिलन मार्ग देखि दक्षिण कसमिक पार्टी प्यालेस सम्म ,पश्चिममा बिकास मार्ग र पूर्वमा नारायण पराजुलीको घर छेउको सिमाना सम्म वाटो कालो पत्रे गर्ने काम सकिएको हो ।  निर्माण ब्यवसायी पूर्वाञ्चल कन्ट्रक्सन भद्रपुरले केही दिन अघि सडक कालोपत्रेको काम सकेको जनाईएको छ । 
संघीय सरकारको शहरी बिकास कार्यालयको बजेटबाट कुल ५सय मिटर लम्वाइको सडक कालो पत्रे गरेको पूर्वाञ्चल कन्ट्रक्सनका इन्जिीनियर प्रकाश कुमार सिंहले बताउनु भयो । मिलन मार्गको सडक भ्याट वाहेक २६ लाख ३७ हजार ९ सय ८९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको इन्जिीनियर सिंहले बताउनु भयो । यो सडकको आयु ४ देखि ६ वर्ष हुने निर्माण ब्यवसायीहरु बताउछन् ।  प्रत्येक ३ वर्षमा यस सडकको अवधिक मर्मत सम्भार गरियो भने धेरै वर्ष सडकको कालो पत्रेको आयु बढने निर्माण ब्यवसायी बल बहादुर लिम्वूले बताउनु भयो । यसको लागि टोलबासी उपभोक्ता सहजक र सचेत हुनु पर्ने लिम्वूको भनाई छ । 
बजेटको ब्यवस्था मिलाइ दिनु हुने प्रधानमन्त्री केपी ओलीको सचिवालय सदस्य होम बहादुर थापा, निर्माण कार्यमा अहोरात्र खटने शहरी  बिकासका इन्जीनियर ,प्राविधिक टोली, निर्माण उपभोक्ता समितिका पदाधिकारी टोल विकास संस्था लगायतको सहयोगमा सडक कालो पत्रे भएको मिलनमार्ग निर्माण उपभोक्ता समिति दमक ८ का अध्यक्ष हरि प्रसाद चापागाईले जानकारी दिनु भयो । 
                    

Views: