d

छाडा कुकुरको हुल पसेर मारिदियो २५ वटा टर्की र ३०० लोकल कुखुरा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुजन कट्वाल

झापा: गौरादह नगरपालिका वडा न ६ दामुना बजारमा रहेको सिता अर्जुन कृषी फार्म गत राति बिभत्स घटना घटेको छ।  


रातको समयमा आएको छाडा कुकुरको हुलले फार्म भित्र  रहेको १० केजि तौल रहेका २५ ओटा टर्कि तथा ३०० ओटा आन्डा पर्दै गरेको लोकल कुखुरा नष्ट पारिदिएको हो।  

बिहान सबेरै फार्ममा हेर्न जादा फार्म संचालक बस्नेत दम्पतीले बिभत्स दृश्य देखेका थिए।  

'खोरको जाली च्यातेर कुकुरको हुल भित्र पसेछ, ३ सय वटा अण्डा पर्दै गरेका कुखुरा मारिदियो, झन्डै १० किलो तौल भएका २५ वटा टर्की पनि मृतक अवस्थामा भेटियो।', फार्म संचालक अर्जुन बस्नेतले पर्दाफास संग भने।   

ठुलो दुख र मोटो लगानी गरेर सिर्जना गरेको कुखुरा फार्म एकै रातमा रित्तिएपछि बस्नेत दमप्तीलाई ठुलै चिन्ता थपिएको छ।  

बैंकबात कर्जा लिएर संचालन गरेको फार्ममा छाडा कुकुर पसेर सबै कुखुरा मारिदिएपछि बस्नेत दम्पतीले वडा कार्यालयमा सम्पर्क गरेर हेर्दिन अनुरोध गरेका थिए।

 छाडा कुकुरले मच्चाएको आतंक अवलोकन गर्न वडा अध्यक्ष खड्ग पराजुली आएका थिए।  

 क्षतीको विवरण खुलाएर वडाकार्यालयले सिफारिस बनाइदिएको बताइएको छ।  

वडा अध्यक्ष पराजुलीले अवलोकन गरेपछि छरछिमेकको सहयोगमा खाडल खनेर कुखुरा पुरिएको जनाइएको छ।   

यस सम्बन्धी थप सामाग्री  पुन: प्रकाशन गरिने छ
 

Views: