d

 कोपा अमेरिका:  समूहको उपविजेता बन्दै पेरु अन्तिम आठमा पुग्यो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं : पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो।

पेरुको जितमा आन्द्रे कारिल्लोले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्। यस जितसँगै पेरु समूह 'बी' को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। पेरुले ४ खेलमा ७ अंक जोड्यो ।

भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ। २ अंक जोडेको भेनेजुएला पुछारमा रह्यो।

Views: